Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

वीरगंज (पर्सा), १० जेठ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाहमा उत्कृष्ट प्रदर्शन गरेपछि पर्सा प्रहरीले यो सफलता हासिल गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले गरेको मूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएपछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया ले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक लाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वार्षिक कार्यसम्पादन मूल्यांकन विभिन्न सूचकका आधारमा गरिएको थियो । शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिकलाई प्रदान गरिने सेवा, संगठनात्मक कार्यक्षमता लगायतका पक्षमा उत्कृष्ट कार्यसम्पादन गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय प्रदेशकै उत्कृष्ट कार्यालयका रूपमा छनोट भएको जनाइएको छ ।

सम्मान ग्रहणपछि प्रहरी उपरीक्षक पाठकले प्राप्त उपलब्धि सम्पूर्ण प्रहरी कर्मचारीको मेहनत, अनुशासन र नागरिकको निरन्तर सहयोगको परिणाम भएको बताएका छन् । उनले आगामी दिनमा पनि नागरिकमैत्री सेवा, प्रभावकारी सुरक्षा व्यवस्था तथा अपराध नियन्त्रणलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्सा प्रहरीको यो उपलब्धिलाई सुरक्षा व्यवस्थापनमा गरिएको सक्रियता, समन्वय र जिम्मेवार कार्यशैलीको परिणामका रूपमा हेरिएको छ । स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन पर्सा प्रहरीले पछिल्लो समय विभिन्न अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि