वीरगंज (पर्सा), ९ जेठ । पर्साको ग्रामीण क्षेत्रमा पहिलो पटक सेवा सुबिधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । धोबिनी गाउँपालिका वडा नं ४ लङ्गडी स्थित संचालनमा आएको ‘पर्सा भिलेज रिसोर्ट’ को एक समारोहबीच अनोखी गुप्ताले उद्घाटन गरेका छन् ।
रिसोर्टमा बिवाह, पार्टी, सगाई तथा कुनै किसिमका मिटिङ्ग गर्न सबैलाई आटने गरि भवन निर्माण गरिएको रिसोर्टका संचालक सुनिल कुमार गुप्ताले बताए । रिसोर्ट संचालनमा आएपश्चात यस क्षेत्रका जनताहरुलाई बिवाह सुविधा पुग्ने विश्वास लिइएको छ । रिसोर्टमा सस्तो र सुबिधाजनक ब्यवस्थापन गरिएको छ भने सस्तो रुम भाडा भएको कारण जुनसुकै तह तप्काका ग्राहकहरुले सेवा लिन सकने ब्यवस्था गरिएको छ ।
रिसोर्टमा खान बस्ने समेत सुबिधा रहेको बताइएको छ । त्यसको साथसाथै गाडी पार्किङको लागि उचित सुविधा रहेको संचालकले बताएका छन् । 








प्रतिक्रिया दिनुहोस् !