वीरगंज (पर्सा), ६ जेठ । वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी टोलमा बोक्सीको आरोप लगाउँदै एक वृद्धामाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय ७२ वर्षीया कोशिलिया अहिरिन गहुँबारीमा बाली हेर्न जाने क्रममा बाटो छेकी उनीमाथि दुर्व्यवहार गरिएको थियो । जाहेरी अनुसार स्थानीय २८ वर्षीया मुनती देवीसहितका व्यक्तिहरूले ‘भूतप्रेत लगाएर बिरामी पारेको’ आरोप लगाउँदै कोशिलियालाई गालीगलौज तथा चप्पलले कुटपिट गरेका थिए ।
घटनापछि पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानामति देवी र ५४ वर्षीया शान्ति देवी धानुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !