Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३१, २०८३
तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

गौर (रौतहट), ३१ वैशाख । भारतबाट अवैध रूपमा भित्रिने कुखुरा र अण्डाका कारण स्थानीय किसान तथा व्यवसायी मारमा परेको भन्दै रौतहटमा कुखुरा व्यवसायीहरूले अनौठो शैलीमा प्रदर्शन गरेका छन् । ‘किसानलाई सास्ती, तस्करलाई मस्ती’ भन्ने नारासहित जिल्ला कुखुरा व्यवसायी किसान संघको नेतृत्वमा गौरमा भएको प्रदर्शनमा व्यवसायीहरूले हातमै कुखुरा बोकेर बजार परिक्रमा गरेका थिए ।

प्रदर्शनकारीहरूले अवैध आयात र तस्करी नियन्त्रणको माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । व्यवसायीहरूले भन्सार कार्यालय र सुरक्षा निकायको मिलेमतोमा भारतबाट सस्तो मूल्यमा कुखुरा, अण्डा, चल्ला तथा दाना अवैध रूपमा भित्रिने गरेको आरोप लगाएका छन् । ती सामग्रीलाई नेपाली उत्पादनका रूपमा बिलिङ गरी बजारमा बिक्री गरिँदा स्थानीय किसान प्रतिस्पर्धामा टिक्न नसकेको उनीहरूको भनाइ छ ।

संघका अध्यक्ष उमाशंकर साहले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा समस्या राख्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे । उनका अनुसार अवैध कारोबार नियन्त्रण नभए साना किसान र व्यवसायी विस्थापित हुने जोखिम बढेको छ ।

त्यस्तै सचिव राधेश्याम साहले रौतहट ‘तस्करीको हब’ बन्दै गएको आरोप लगाउँदै किसानहरू ऋणको बोझमा डुबिरहेको बताए । उनले बजार मूल्य असन्तुलनका कारण स्वदेशी उत्पादन लगातार घाटामा जान बाध्य भएको उल्लेख गरे । स्थानीय किसानहरूले अवैध आयात रोक्न कडा अनुगमन र स्वदेशी उत्पादन संरक्षणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् ।

Tags: रौतहटमा विरोध प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि