Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको निर्देशन: आइतबार विद्यालय खोल्न नपाइने, किताब र पोशाक बिक्रीमा पनि रोक

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म आइतबार कुनै पनि हालतमा नियमित पठनपाठन सञ्चालन नगर्न स्पष्ट चेतावनी दिएको छ । महानगरका अनुसार पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीलाई प्रयोग गराउने प्रवृत्ति पनि बढ्दो अवस्थामा रहेको पाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८३
वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

वीरगंज (पर्सा), २७ वैशाख । वीरगंज महानगरपालिकाले आइतबारका दिन अनिवार्य रूपमा पठनपाठन बन्द गर्न संस्थागत विद्यालय तथा मन्टेश्वरीहरूलाई कडा निर्देशन दिएको छ । संघीय सरकारले सरकारी कार्यालयसँगै शैक्षिक संस्थामा पनि हप्तामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गरेपछि समेत वीरगंजका केही निजी विद्यालयहरूले सार्वजनिक बिदाको दिनमा कक्षा सञ्चालन गरिरहेको पाइएपछि महानगरले यस्तो निर्देशन जारी गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म आइतबार कुनै पनि हालतमा नियमित पठनपाठन सञ्चालन नगर्न स्पष्ट चेतावनी दिएको छ । महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यार्थी बोलाएर कक्षा सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले त्यसप्रति महानगर गम्भीर बनेको उल्लेख गरिएको छ ।

महानगरपालिकाले अब विद्यालयहरूको अनुगमनलाई थप कडाइका साथ अघि बढाउने जनाएको छ । निर्देशन उल्लंघन गर्दै आइतबार विद्यालय सञ्चालन गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यससँगै महानगरपालिकाले विद्यालयभित्रैबाट पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण भइरहेको गुनासोप्रति पनि आपत्ति जनाएको छ । केही निजी विद्यालयहरूले विद्यालयलाई व्यापारिक केन्द्रकै रूपमा प्रयोग गर्दै अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिरहेको निष्कर्ष निकाल्दै महानगरले यस्तो गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

महानगरका अनुसार पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा बढी तथा अनावश्यक पुस्तक विद्यार्थीलाई प्रयोग गराउने प्रवृत्ति पनि बढ्दो अवस्थामा रहेको पाइएको छ । आवश्यकभन्दा बढी पुस्तकको बोझले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भन्दै महानगरले यसलाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ ।

विद्यार्थीलाई आवश्यकता नभएका अतिरिक्त पुस्तक खरिद गर्न बाध्य पारेर अभिभावकलाई आर्थिक तनाव दिने तथा बालबालिकामाथि अनावश्यक शैक्षिक दबाब सिर्जना गर्ने कार्य सह्य नहुने महानगरपालिकाको स्पष्ट चेतावनी छ । अनुगमनका क्रममा विद्यालयहरूले अनावश्यक पुस्तक प्रयोग गराएको, विद्यालय परिसरमै किताब तथा पोशाक बिक्री गरेको वा सार्वजनिक बिदाका दिन कक्षा सञ्चालन गरेको पाइए सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले शिक्षा क्षेत्रलाई सेवामूलक र मर्यादित बनाउनु पर्नेमा जोड दिँदै विद्यालयलाई व्यापारिक नाफाको माध्यम बनाउने प्रवृत्ति नियन्त्रण गर्न अब थप कडा निगरानी गरिने संकेत दिएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि