Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आइतबारको बिदा खारेज गर्न मागः प्रशासन र महानगरलाई अभिभावक संघको ज्ञापनपत्र

सरकारी कार्यालयसँगै सामुदायिक तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि पर्साका विद्यालयहरू शनिबार र आइतबार दुवै दिन बन्द हुँदै आएका छन् । तर, लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीहरूको अध्ययनमा नकारात्मक असर परेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८३
आइतबारको बिदा खारेज गर्न मागः प्रशासन र महानगरलाई अभिभावक संघको ज्ञापनपत्र

वीरगंज (पर्सा), २४ वैशाख । पर्साका अभिभावकहरूले विद्यालयमा लागू गरिएको आइतबारको बिदा खारेज गर्न माग गरेका छन् । अभिभावक संघ पर्साले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष सन्दीप साह नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको जनाएको छ । संघीय सरकारले सरकारी कार्यालयसँगै सामुदायिक तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि पर्साका विद्यालयहरू शनिबार र आइतबार दुवै दिन बन्द हुँदै आएका छन् । तर, लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीहरूको अध्ययनमा नकारात्मक असर परेको अभिभावकहरूको भनाइ छ ।

अभिभावक संघका अनुसार अतिरिक्त बिदाका कारण पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको छ भने शैक्षिक अनुशासन समेत कमजोर बन्दै गएको छ । अध्यक्ष साहले लामो बिदाले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि घट्दै गएको र अधिकांश बालबालिका मोबाइल, टेलिभिजन तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेको गुनासो बढेको बताए । संघले शिक्षा नियमावलीअनुसार विद्यालय वर्षमा कम्तीमा २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्था स्मरण गराउँदै अनावश्यक बिदाले शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पारेको उल्लेख गरेको छ ।

विद्यार्थीहरूको नियमित पठनपाठन सुनिश्चित गर्न, सिकाइ वातावरणलाई प्रभावकारी बनाउन तथा बालबालिकालाई भविष्यप्रति जिम्मेवार बनाउन आइतबारको बिदा हटाउन आवश्यक रहेको अभिभावक संघको माग छ । ज्ञापनपत्र बुझाउन गएको टोलीमा संघका अध्यक्ष सन्दीप साहसँगै कोषाध्यक्ष कन्हैया पटेल, अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी र धिरेन्द्र तिवारीलगायतको सहभागिता रहेको थियो ।

Tags: आइतबारको बिदा खारेज गर्न माग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि