Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भाडा घटेपछि सिमरा सेजमा औद्योगिक उछालः उत्पादन सुरु, दर्जनौँ उद्योग निर्माणाधीन

सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन् भने एक दर्जनभन्दा बढी उद्योग निर्माणाधीन अवस्थामा छन् । हाल सञ्चालनमा रहेका उद्योगहरूमा पशुपति सेरामिक्स प्रालिले टायल तथा सेरामिक्स सामग्री उत्पादन गर्दै करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ । ब्रिलियन्ट शुज प्रालिले जुत्ता–चप्पल उत्पादन गरिरहेको छ भने बालाजी म्यानुफ्याक्चरिङले पंखा, चुलोजस्ता सामग्री उत्पादन गर्दै आएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
भाडा घटेपछि सिमरा सेजमा औद्योगिक उछालः उत्पादन सुरु, दर्जनौँ उद्योग निर्माणाधीन

वीरगंज (पर्सा), २३ वैशाख । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) अहिले औद्योगिक गतिविधिको मुख्य केन्द्रका रूपमा उदाउँदै गएको छ । सरकारले सेजको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जग्गा भाडामा ठूलो सहुलियत दिएपछि यहाँ उद्योग सञ्चालन, निर्माण र लगानीमा उल्लेखनीय वृद्धि भएको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणअन्तर्गत कुल ८३३ बिघा क्षेत्रफलमध्ये हाल ३४३ बिघा जमिन रहेको ‘ए’ ब्लकमा मात्रै उद्योग सञ्चालन र निर्माणको चहलपहल तीव्र बनेको छ । यस क्षेत्रमा अहिले आधा दर्जनभन्दा बढी उद्योगले उत्पादन सुरु गरिसकेका छन् भने करिब एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।

सेज प्रमुख पप्पु गिरीका अनुसार ‘सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन् भने एक दर्जनभन्दा बढी उद्योग निर्माणाधीन अवस्थामा छन् ।’ हाल सञ्चालनमा रहेका उद्योगहरूमा पशुपति सेरामिक्स प्रालिले टायल तथा सेरामिक्स सामग्री उत्पादन गर्दै करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ । ब्रिलियन्ट शुज प्रालिले जुत्ता–चप्पल उत्पादन गरिरहेको छ भने बालाजी म्यानुफ्याक्चरिङले पंखा, चुलोजस्ता सामग्री उत्पादन गर्दै आएको छ । नेपाल एग्रो टुल्सले कृषि उपकरण, एसीएम भेहिकल्स (एसियन भेहिकल्स) ले विद्युतीय सवारी तथा बायोकल्प (बायो कम्प) नेपालले आफ्ना उत्पादनहरू बजारमा ल्याइरहेका छन् ।

हाल सञ्चालनमा रहेका उद्योगहरूले मात्रै करिब ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएका छन् । सेजका सबइन्जिनियर अजयकुमार चौधरीका अनुसार सिमरा सेजमा औसत उद्योगले २ करोडदेखि २ सय करोड रुपैयाँसम्म लगानी गरेका छन् । सरकारले यस वर्षको बजेटमार्फत सेजको जग्गा भाडा प्रतिवर्ग मिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेपछि नयाँ उद्योग भित्रिने क्रम ह्वात्तै बढेको छ । यही सहुलियतका कारण यस वर्ष मात्रै झण्डै एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा पुगेका छन्, जसमा आधाभन्दा बढीमा भारतीय, चिनियाँ र दक्षिण कोरियाली लगानीकर्ता सहभागी छन् ।

निर्माणाधीन उद्योगहरूमा भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा करिब ५ सय करोड रुपैयाँको नेपोभिट सेरामिक्स प्रालि रहेको छ, जसले टायल र सेनिटरी सामग्री उत्पादन गर्नेछ । दक्षिण कोरियाली लगानीमा केमेक्स हिमालयनले श्रृङ्गार सामग्री उत्पादन गर्नेछ भने नेपाली–भारतीय संयुक्त लगानीमा रेम्बो ग्रेनाइट र इन्डो एग्रो (पाम तेल उत्पादन) निर्माणाधीन छन् ।

पूर्ण रूपमा भारतीय लगानीमा ओमकार ग्रेनाइट निर्माण भइरहेको छ भने चिनियाँ लगानीमा ग्याङ उइङ बायो टेक्नोलोजीले औषधिको कच्चा पदार्थ उत्पादन गर्नेछ । नेपाली–चिनियाँ संयुक्त लगानीमा ला डी कर प्रालिले आल्मुनियम उत्पादन गर्ने तयारी गरेको छ । भारतीय लगानीमा ओम मेगा श्री प्रालिले डाइपर र सेनिटरी प्याड, हुलास समूहको हुलास केवलले तार, ‘मा तारा प्रालि’ ले मसला तथा एभरेष्ट फेसन प्रालिले हस्तकलाका निर्यातमुखी सामग्री उत्पादन गर्ने गरी पूर्वाधार निर्माण गरिरहेका छन् ।

यी सबै उद्योग सञ्चालनमा आएपछि थप करिब १ हजार जनाले पूर्णकालीन रोजगारी पाउने अपेक्षा गरिएको छ । सेज संरचनागत रूपमा पनि विस्तारको चरणमा रहेको छ । ‘ए’ ब्लकमा ३४३ बिघा जमिन उपयोगमा आइसकेको छ भने ‘बी’ ब्लकमा १२८ बिघा, ‘सी’ ब्लकमा ४९.५ बिघा, ‘डी’ ब्लकमा १३३ बिघा र ‘ई’ ब्लकमा १७८.५ बिघा क्षेत्रफल रहेको छ, जहाँ भविष्यमा थप उद्योग विस्तार गर्ने योजना रहेको छ ।

समग्रमा, भाडा सहुलियत, विदेशी तथा स्वदेशी लगानीको आकर्षण र पूर्वाधार विस्तारसँगै सिमरा सेज नेपालको महत्वपूर्ण औद्योगिक हबका रूपमा विकसित हुँदै गएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात प्रवद्र्धनमा यसले आगामी दिनमा अझ ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: सेजमा सरकारको सहुलियतको प्रभाव: उद्योग विस्तार तीव्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि