Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

वीरगंज चिनी कारखानाको पतन कुनै सामान्य प्रक्रिया नभई योजनाबद्ध रूपमा गरिएको ‘हत्या’ जस्तै हो । उनले कडा शब्दमा प्रतिक्रिया दिँदै भने, ‘कारखानाको हत्या गरिएको छ, तर त्यसका जिम्मेवारहरू अहिले पनि खुलेआम घुमिरहेका छन् ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

वीरगंज (पर्सा), २२ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगंज चिनी कारखाना योजनाबद्ध रूपमा ‘सिध्याइएको’ आरोप लगाएका छन् । मंगलबार उद्योग मन्त्री र मन्त्रालयका सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनुका पछाडि ठूला चलखेल रहेको दाबी गरेका हुन् । उनका अनुसार वीरगंज चिनी कारखानाको पतन कुनै सामान्य प्रक्रिया नभई योजनाबद्ध रूपमा गरिएको ‘हत्या’ जस्तै हो । उनले कडा शब्दमा प्रतिक्रिया दिँदै भने, ‘कारखानाको हत्या गरिएको छ, तर त्यसका जिम्मेवारहरू अहिले पनि खुलेआम घुमिरहेका छन् ।’

अन्सारीले कारखाना बन्द भएपछि त्यससँग प्रत्यक्ष जोडिएका कर्मचारी तथा उखु किसानहरू गम्भीर मारमा परेको उल्लेख गरे । तर निजी चिनी उद्योग सञ्चालन गर्नेहरू भने आर्थिक रूपमा झनै सशक्त बन्दै गएको उनको आरोप थियो । यस अवस्थाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गरेर पीडितलाई न्याय दिनुपर्ने उनले माग गरे । उनले चिनी उद्योग क्षेत्रमा आर्थिक पक्षभन्दा बढी राजनीतिक प्रभाव हावी हुने गरेको टिप्पणी पनि गरे । उद्योगीहरूले व्यापारीसँग अग्रिम रकम असुल्ने तर किसानलाई भने उखुको भुक्तानी उधारोमा दिन बाध्य पार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनले जोड दिए । साथै, नेपालमा चिनी उत्पादन न्यून हुनुका साथै गुणस्तर पनि कमजोर रहेको बताए ।

औद्योगिक प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै अन्सारीले आफ्नै क्षेत्रमै क्यान्सर र स्ट्रोकका बिरामी बढिरहेको दाबी गरे । बिहानको समयमा हावाको रंग कालो देखिने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले वातावरण सुधारका लागि मन्त्रालयले तत्काल पहल गर्नुपर्ने बताए । त्यस्तै, केही उद्योगले सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण गरेर संरचना निर्माण गरेको विषयमा पनि उनले आपत्ति जनाए । स्थानीय प्रशासन र प्रहरी प्रभावकारी रूपमा नदेखिएको भन्दै उद्योग मन्त्रालयले विशेष टोली खटाएर अतिक्रमित जग्गा फिर्ता गराउनुपर्ने उनको सुझाव थियो ।

भन्सार नाकाहरूमा देखिएको ढिलासुस्ती र कर्मचारीको मनोमानी अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले प्रमुख नाकाहरूमा एक्स–रे स्क्यानर जडान गरी छिटो जाँच प्रक्रिया अघि बढाउनुपर्ने बताए । यसले चोरी पैठारी नियन्त्रण हुने र व्यवसायीले अनावश्यक सास्ती भोग्न नपर्ने उनको भनाइ थियो । सभापति अन्सारीले यी सबै समस्याको समाधानका लागि मन्त्रालयले तत्काल ठोस कदम चाल्नुपर्ने र समितिले आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

Tags: वीरगंज चिनी कारखाना
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि