Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनमतभित्र दुईधारः समर्थन फिर्ता र यथावतको निर्णय ! दुई मन्त्री पदमै, बाँकीको समर्थन फिर्ता

समर्थन फिर्तासम्बन्धी पत्र प्रमुख सचेतक चन्दन सिंहमार्फत प्रदेश प्रमुख कार्यालयमा पठाइएको थियो । यद्यपि संसदीय अभ्यासअनुसार यस्तो निर्णय दलको नेतामार्फत पठाउनुपर्ने प्रावधान भएपनि त्यसलाई बेवास्ता गरिएको देखिएको छ । तर मंगलबार बिहानै संसदीय दलका नेता यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै समर्थन कायमै रहेको अर्को पत्र बुझाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
जनमतभित्र दुईधारः समर्थन फिर्ता र यथावतको निर्णय ! दुई मन्त्री पदमै, बाँकीको समर्थन फिर्ता

वीरगंज (पर्सा), २२ वैशाख । मधेश प्रदेशमा जनमत पार्टीका बहुमत (९ जना) प्रदेश सांसदले सोमबार साँझ प्रदेश सरकारबाट समर्थन फिर्ता लिएका छन् । तर पार्टीबाट अर्थमन्त्री रहेका संसदीय दलका नेता महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै कायम छन् । मन्त्रीद्वयबाहेकका सांसदहरूले सरकारबाट समर्थन फिर्ता लिएको जनाइएको छ ।

समर्थन फिर्तासम्बन्धी पत्र प्रमुख सचेतक चन्दन सिंहमार्फत प्रदेश प्रमुख कार्यालयमा पठाइएको थियो । यद्यपि संसदीय अभ्यासअनुसार यस्तो निर्णय दलको नेतामार्फत पठाउनुपर्ने प्रावधान भएपनि त्यसलाई बेवास्ता गरिएको देखिएको छ । तर मंगलबार बिहानै संसदीय दलका नेता यादवले प्रदेश प्रमुखलाई सम्बोधन गर्दै समर्थन कायमै रहेको अर्को पत्र बुझाएका छन् । उनले आफू नै आधिकारिक दलको नेता भएको दाबी गर्दै संसदीय दलको औपचारिक बैठक बिना गरिएको कुनै पनि निर्णय वैध नहुने उल्लेख गरेका छन् । साथै, मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन निरन्तर रहेको पनि स्पष्ट पारेका छन् ।

जनमतभित्रको पछिल्लो विवाद मधेश प्रदेशमा देखिएको दोस्रो अनौठो राजनीतिक अभ्यासका रूपमा विश्लेषण गरिएको छ । यसअघि पनि पार्टीभित्रको आन्तरिक विवादका कारण यस्तै प्रकारको निर्णय–विवाद देखिएको थियो । त्यसबेला अध्यक्ष सीके राउतको निर्देशनमा संसदीय दलको नेतृत्वलाई पन्छाउँदै सरकार गठनदेखि समर्थन फिर्तासम्मका निर्णय भएका थिए, जसले राजनीतिक अस्थिरता निम्त्याएको थियो ।

पार्टीभित्रको पछिल्लो घटनाक्रमले अर्थमन्त्री यादव र मन्त्री कुशवाहाको राजनीतिक भविष्यसमेत अनिश्चित बनाएको चर्चा छ । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षसमेत रहेका कुशवाहामाथि कारबाहीको सम्भावना पनि बढेको छ । यसैबीच, जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय दलको नेतृत्वमा परिवर्तन गर्दै प्रमुख सचेतक चन्दन सिंहलाई नयाँ दल नेता नियुक्त गरेका छन् । सोमबार बसेको दल बैठकमा अध्यक्षलाई नेतृत्व र निर्णय अधिकार पुनरावलोकन गर्ने जिम्मेवारी पनि दिइएको जनाइएको छ ।

जनमतको पछिल्लो कदमले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । हाल एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १२, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ तथा अन्य साना दलका सदस्य रहेका छन् ।

आन्तरिक रूपमा मधेशमा एमालेसहितको नयाँ गठबन्धन सरकार गठनको सम्भावनाबारे पनि छलफल अघि बढिरहेको बताइन्छ । केही सांसदका अनुसार जसपा नेपालसमेत सरकार छोड्ने विषयमा आन्तरिक तयारीमा रहेको भए पनि औपचारिक निर्णय भने भएको छैन । समर्थन फिर्ताको पत्रपछि ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहनेछ । यस अवधिमा वैकल्पिक गठबन्धन निर्माण गरेर नयाँ सरकार गठन गर्ने राजनीतिक दलहरूको रणनीति रहेको बताइन्छ ।

Tags: जनमतको आन्तरिक कलहले मधेश सरकार संकटतर्फ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

बैशाख २२, २०८३
जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

बैशाख २२, २०८३
ठूलो मात्रामा घरेलु मदिरा बरामद गर्दै भट्टी ध्वस्त

ठूलो मात्रामा घरेलु मदिरा बरामद गर्दै भट्टी ध्वस्त

बैशाख २२, २०८३
योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

योजनाबद्ध रूपमा वीरगंज चिनी कारखानाको हत्या गरियो : सभापति अन्सारी

बैशाख २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि