Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेडको सडेनडेथ जीत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ७, २०८३
परवानीपुर गोल्डकपः वीरगंज युनाइटेडको सडेनडेथ जीत

परवानीपुर (बारा), ७ वैशाख । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न रोमाञ्चक खेलमा वीरगंज युनाइटेड क्लबले सडेनडेथमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । परवानीपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक भिडन्तमा वीरगंज युनाइटेडले चिडियादह स्टार क्लब, रौतहटलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक शैली अपनाउँदै एकअर्कामाथि लगातार दबाब सिर्जना गरेका थिए । निर्धारित समयभित्र दुवै टोलीले समान प्रदर्शन गरेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेल सडेनडेथतर्फ धकेलिएको थियो, जहाँ वीरगंज युनाइटेडले निर्णायक गोल गर्दै जित आफ्नो पक्षमा पारेको हो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वीरगंज युनाइटेडका गोलकिपर तबरेज अन्सारी ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले २१ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे, जुन पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसियाले प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबारको खेल नव जन जागृति युवा क्लब, सिमरा र रिगल एन्फा क्लब, मकवानपुरबीच हुने आयोजकले जनाएको छ । संयोजक संजय मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चौरसियाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात तथा भारतको एक गरी कुल आठ टोली सहभागी छन्, सहसंयोजक दीपक यादवले जानकारी दिए । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिता करिब १७ लाख रुपैयाँको लागतमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा विजेता टोलीले २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रत्येक खेलका उत्कृष्ट खेलाडी र समग्र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले बताएका छन् ।

Tags: परवानीपुर गोल्डकप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि