Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उत्साह र भावनाबीच माउन्ट मकालुका विद्यार्थीलाई विदाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८२
उत्साह र भावनाबीच माउन्ट मकालुका विद्यार्थीलाई विदाई

वीरगंज (पर्सा), १५ चैत । माउन्ट मकालु बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको विदाई समारोह भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । विद्यालयका सञ्चालक कामेश्वर श्रीवास्तवको अध्यक्षता तथा सनलाइट कलेजका प्रिन्सिपल एवं प्याप्सनका वरिष्ठ सल्लाहकार आलोक चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौरसियाले कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीहरूको जीवनमा उच्च शिक्षाको नयाँ अध्याय सुरु हुने उल्लेख गर्दै स्पष्ट लक्ष्य निर्धारण गरी निरन्तर मेहनत गर्न प्रेरित गरे । उनले विद्यालयबाट सिकेका सकारात्मक पक्षहरूलाई जीवनमा आत्मसात् गर्दै नकारात्मक कुराहरूबाट टाढा रहन आग्रह गरे । साथै, विद्यालयले प्रदान गरेको शिक्षा भविष्यमा समाज र राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

त्यसैगरी, प्याप्सन महानगर सचिव तथा सन साइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले माउन्ट मकालु बोर्डिङ स्कुलले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवको नेतृत्वमा विद्यार्थीहरूको प्रतिभा विकासमा उल्लेखनीय प्रगति भएको भन्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा प्याब्सन महानगर सदस्य विजय कुमार बल, सल्लाहकार सन्नी पाख्रिङ, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवराज केशरी, निम्स इन्स्टिच्युटका अजय यादव, मानव सेवा आश्रमका देवेश मानव, माट्रिन मुक्तान तथा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

विदाई समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप रोचक र रमाइलो बनाएको थियो । कार्यक्रमको सञ्चालन इसा पटेल र विद्या शर्माले गरेका थिए । कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न विद्यालय निरन्तर लागिपरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्पूर्ण कार्यक्रम उत्साह, उमंग र भावनात्मक क्षणहरूका बीच सम्पन्न भएको थियो, जसले विद्यार्थीहरूलाई आगामी यात्राका लागि प्रेरणा र आत्मविश्वास प्रदान गरेको छ ।

Tags: माउन्ट मकालु बोर्डिङ स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि