Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा छठको रौनकः आस्थाको महान पर्व ‘चैती छठ’ सुरु, नदी तलाउ किनारमा बढ्यो चहलपहल

धार्मिक विश्वासअनुसार, महाभारत कालमा द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि छठ पर्वको सुरुआत भएको मानिन्छ । धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक बनेको यस पर्व हिन्दू मात्र नभई मुस्लिम समुदायले पनि मिलेर मनाउने परम्परा छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०८२
तराईमा छठको रौनकः आस्थाको महान पर्व ‘चैती छठ’ सुरु, नदी तलाउ किनारमा बढ्यो चहलपहल

वीरगंज (पर्सा), ८ चैत । पर्सा सहित तराईका जिल्लाहरुमा आइतबारदेखि आस्था र श्रद्धाको महान पर्व चैती छठ विधिवत् रूपमा सुरु भएको छ । चार दिनसम्म विभिन्न धार्मिक विधि अपनाउँदै मनाइने यो पर्व तराईका पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा, सप्तरी, सुनसरी, मोरङ लगायत जिल्लाभरि परम्परागत रूपमा मनाउन थालिएको हो ।

पर्सा जिल्लाको घडिअर्वा पोखरी, नगवा पोखरी, रानीघाट स्थित तालतलैया लगायत बारा कलैया, रौतहटको गौर, सर्लाहीको मलङ्गगवा, महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिबास क्षेत्रका पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसीजस्ता नदी र नहरका किनारमा श्रद्धालुहरूको चहलपहल बढेको छ । यी स्थानहरूमा भक्तजनहरूले विधिपूर्वक पूजा–आराधना गर्दै पर्व मनाउने परम्परा रहिआएको छ ।

जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी कामेश्वर पाठकका अनुसार छठ पर्वले सत्य, अहिंसा र सबै जीवप्रति करुणा जागृत गराउने सन्देश दिन्छ । सूर्य उपासनाको विशेष परम्पराका रूपमा चिनिने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य दुवैको पूजा गरिने अनौठो विशेषता रहेको उनी बताउँछन् । पारिवारिक सुख–शान्ति, समृद्धि, स्वास्थ्य लाभ तथा मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरूले छठ पर्व मनाउने गर्छन् । यस दिन नदी, तलाउ र जलाशयहरूमा भक्तजनको भीड लाग्ने गरेको छ ।

चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन ‘नहा–खा’ को रूपमा मनाइन्छ, जसमा व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । दोस्रो दिन सोमबार ‘खर्ना’ मनाइन्छ, जसमा दिनभर उपवास बसेपछि राति छठ देवतालाई आमन्त्रण गर्दै कूलदेवताको पूजा गरिन्छ र नुनबिनाको भोजन गरिन्छ ।

तेस्रो दिन अर्थात् षष्ठीका साँझ विशेष पूजा गरिन्छ । यस दिन गहुँ र चामलको पीठोबाट ठेकुवा, भुसुवा, खजुरिया, पेरुकियाजस्ता परिकार तयार पारिन्छन् । साथै विभिन्न फलफूल, मूला, गाजर, बेसार, नरिवल, केरा लगायत सामग्री डालीमा सजाएर भक्तजनहरू भक्ति गीत गाउँदै छठ घाटसम्म पुग्छन् । त्यहाँ पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ ।

अन्तिम दिन बिहान सबेरै पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिन्छ । धार्मिक विश्वासअनुसार, महाभारत कालमा द्रौपदी र पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेपछि छठ पर्वको सुरुआत भएको मानिन्छ । धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक बनेको यस पर्व हिन्दू मात्र नभई मुस्लिम समुदायले पनि मिलेर मनाउने परम्परा छ । छठमा चढाइने सामग्रीको संख्या ७० पुर्‍याउनुपर्ने विश्वास रहेपनि सामर्थ्य नभएकाहरूले सामान्य अर्पण गरे पनि सूर्यदेव प्रसन्न हुने जनविश्वास कायम छ ।

Tags: सूर्य उपासनाको पर्व चैती छठ विधिवत् रुपमा प्रारम्भ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

लहान प्रादेशिक अस्पतालमा जनशक्ति अभावमा ‘सिटी स्क्यान’ संचालन हुन सकेन

बैशाख ३१, २०८३
तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

तस्करीले किसान एवं व्यवसायी मर्कामा, अनौठो शैलीमा विरोध प्रदर्शन

बैशाख ३१, २०८३
विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

विभिन्न तीनवटा मुद्दामा संलग्न तीनजना पक्राउ

बैशाख ३१, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

पूर्व-पश्चिम राजमार्ग छेउमा युवक मृत अवस्थामा फेला

बैशाख ३१, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि