Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उच्च अदालतको आदेशः हरि खेतान क्याम्पस र विद्यालय एउटै भवनमा चलाउन नपाइने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ५, २०८२
उच्च अदालतको आदेशः हरि खेतान क्याम्पस र विद्यालय एउटै भवनमा चलाउन नपाइने

वीरगंज (पर्सा), ५ चैत । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले हरि खेतान बहुमुखी क्याम्पस र हरि खेतान माध्यमिक विद्यालयलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश जारी गरेको छ । केही समयदेखि दुवै संस्था एउटै संरचनाभित्र सञ्चालन हुँदै आएको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्देशन दिएको हो ।

अदालतको आदेशसँगै अब दुवै शिक्षण संस्था छुट्टाछुट्टै भवनमा मात्र सञ्चालन गर्नुपर्नेछ भने व्यवस्थापन समेत फरक फरक कानुनी संरचना अन्तर्गत गर्नुपर्ने भएको छ । यस निर्णयले लामो समयदेखि चल्दै आएको व्यवस्थापकीय र कानुनी विवादलाई अन्त्यतिर लैजाने संकेत दिएको छ ।

शिक्षा ऐन २०२८ ले माध्यमिक तहका विद्यालय र विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूलाई अलग अलग कानुनी ढाँचामा सञ्चालन गर्नुपर्ने व्यवस्था स्पष्ट रूपमा गरेको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले जारी गरेको ‘सम्बन्धन सम्बन्धी विनियम २०७३’ ले पनि एउटै भवनमा विद्यालय र क्याम्पस सञ्चालन गर्न नपाइने उल्लेख गरेको छ ।

कानुनी प्रावधानअनुसार क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक अलग अलग व्यक्ति हुनुपर्ने भएपनि, हालसम्म क्याम्पस प्रमुखले विद्यालयको प्रशासनिक कामकाजमा समेत हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको थियो । सञ्चालक समितिले पटक पटक शिक्षा ऐनअनुसार विद्यालय सञ्चालन गर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गरिएको स्रोतले जनाएको छ ।

अदालतको यो आदेशपछि अब सम्बन्धित पक्षहरूलाई कानुनअनुसार संरचना मिलाउँदै छुट्टै व्यवस्थापनमा जानुपर्ने अवस्था सिर्जना भएको छ ।

Tags: हरि खेतान क्याम्पस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि