Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २४, २०८२
महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोेत्तरी, २४ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । मतपरिणामअनुसार महोत्तरी–१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी भएका छन् । महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ राजनीतिक दल र १३ स्वतन्त्रसमेत २५ उम्मेदवार रहेको यस क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले छ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, महोत्तरी–२ मा रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।

यता महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्जवलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ र स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लामा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी ४१ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसका बजरङ्ग नेपालीले चार हजार ३४२ र जनता समाजवादी पार्टी नेपालका मिनाक्षी ठाकुरले तीन हजार ९४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, महोत्तरीले जनाएको छ ।

यस क्षेत्रका एक लाख १० हजार ४३६ मतदाता रहेकामा ६४ हजार ४८८ मत खसेको थियो । खसेको मतमध्ये ५९ हजार ४७८ सदर र पाँच हजार १० मत बदर भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।

यसैगरि प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणनाअनुसार गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी भएकी हुन् ।

उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार सुरेन्द्रकुमार यादवले आठ हजार ७४५ मत ल्याएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार निलम अधिकारीले छ हजार ९४४, नेपाली कांग्रेसका महेन्द्रकुमार रायले छ हजार १९२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि