Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–१ मा प्रदीप यादवप्रति बढ्दो समर्थन, मतदाताले भने ‘अब परिणाम चाहियो’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०८२
पर्सा–१ मा प्रदीप यादवप्रति बढ्दो समर्थन, मतदाताले भने ‘अब परिणाम चाहियो’

वीरगंज (पर्सा), १८ फागुन । पर्सा–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसबीच प्रदीप यादवलाई लिएर मतदाताबीच व्यापक बहस देखिएको छ । नेकपा (एमाले)का उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका यादवलाई धेरै मतदाताले ‘निर्विकल्प’ विकल्पको रूपमा प्रस्तुत गरिरहेका छन् ।

पर्सा–१ का विभिन्न वडा र टोलमा सञ्चालन भइरहेको घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयले पूर्व मन्त्रीसमेत रहेका यादवले विगतमा उठाएका विकासका एजेन्डा स्मरण गरेका छन् । सडक पूर्वाधार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका पहललाई उल्लेख गर्दै यसपटक स्पष्ट जनमत दिनुपर्ने धारणा व्यक्त भइरहेको छ ।

‘हामीले धेरै अनुहार देख्यौं, अब काम गर्ने मान्छे चाहियो,’ वीरगंजका एक मतदाताले भने, ‘पर्सा–१ लाई अगाडि बढाउन प्रदीप यादव नै सही विकल्प हुन् ।’ यद्यपि अन्य दलका उम्मेदवार पनि सक्रिय देखिए तापनि मतदाताको ठूलो हिस्साले स्थिर नेतृत्व र निरन्तर पहलको आवश्यकता औंल्याएका छन् । विशेषगरी युवाहरूले रोजगारी सिर्जना, उद्योग प्रवद्र्धन तथा सीमा क्षेत्रका समस्याको दीर्घकालीन समाधानलाई मुख्य चुनावी मुद्दा बनाउनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यी विषयमा यादवले स्पष्ट योजना अघि सारेका छन् ।

दुई पटक सांसद भइसकेका यादव पुनः उम्मेदवार बनेसँगै पर्सा–१ मा प्रतिस्पर्धा रोचक देखिएपनि मतदाताको ध्यान विकास र कामको मूल्याङ्कनतर्फ केन्द्रित हुँदै गएको विश्लेषण गरिन्छ । यसले उम्मेदवारको व्यक्तिगत छवि र विगतको कार्यशैली निर्णायक बन्न सक्ने संकेत देखाएको छ । निर्वाचन नजिकिँदै जाँदा घरदैलो, आमसभा र सामाजिक सञ्जालमार्फत प्रचार अभियान तीव्र बन्दै गएको छ । तर पर्सा–१ का धेरै मतदाताको साझा भनाइ छ ‘अब आश्वासन होइन, परिणाम चाहियो ।’ उनीहरूका अनुसार त्यो परिणाम दिलाउन सक्ने उम्मेदवारका रूपमा प्रदीप यादव अगाडि देखिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि