Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नगवामा प्रदीप यादवको घरदैलो, ‘मौसमी नेता होइन’ भन्दै एमालेका पक्षमा मत माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १७, २०८२
नगवामा प्रदीप यादवको घरदैलो, ‘मौसमी नेता होइन’ भन्दै एमालेका पक्षमा मत माग

वीरगंज (पर्सा), १७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका–१६ नगवा क्षेत्रमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गरेका छन् । बिहानैदेखि सुरु गरिएको अभियानमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो ।

नगवामा पुगेका यादवलाई टोल–टोलबाट निस्किएका बासिन्दाले स्वागत गरेका थिए । विशेषगरी महिला मतदाताले टीका लगाउँदै जीतको शुभकामना तथा आशीर्वाद दिएका दृश्यले चुनावी माहोल झनै तातेको देखिन्थ्यो । समर्थकहरूले विकासका कामको निरन्तरताका लागि यसपटक पनि यादवलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेका थिए । घरदैलोका क्रममा स्थानीयले चुनावको समयमा मात्र देखिने नेतृत्व आफूहरूलाई स्वीकार्य नभएको स्पष्ट पारे । जनताको सुख दुःखमा सधैं साथ दिने, नियमित सम्पर्कमा रहने र समस्याको समाधान खोज्ने प्रतिनिधिलाई नै रोज्ने प्रतिबद्धता उनीहरूले दोहोर्‍याएका थिए । मतदातासँगको प्रत्यक्ष संवादमा पूर्वमन्त्रीसमेत रहेका यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई देशको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रित गरे । ‘यो चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, राष्ट्रको भविष्य निर्धारण गर्ने घडी हो,’ उनले भने, ‘सही नेतृत्व चयन गर्न जनताले आफ्नो अमूल्य मतको सही प्रयोग गर्नुपर्छ ।’

आफ्ना अघिल्ला दुई कार्यकालमा क्षेत्रको विकास, पूर्वाधार विस्तार र जनसेवामा खेलेको भूमिकाको मूल्याङ्कन गरिदिन उनले आग्रह गरे । आफू चुनावको बेला मात्र देखिने ‘मौसमी नेता’ नभएको उल्लेख गर्दै यादवले निरन्तर जनतामाझ रहँदै काम गरेको दाबी गरे । ‘व्यापारीले नाफा–घाटा हेर्छ, तर राजनीति जनसेवाको क्षेत्र हो,’ उनले भने, ‘चुनावलाई व्यापारिक हिसाबले हेर्ने प्रवृत्तिबाट जनता सचेत हुन आवश्यक छ ।’ उनले लोकप्रियता कमाउनका लागि स्टण्टबाजी गर्ने प्रवृत्तिले मुलुकलाई स्थायित्व दिन नसक्ने जिकिर गरे । देश जटिल मोडमा उभिएको उल्लेख गर्दै यादवले वर्तमान चुनौतीबाट निकास दिन सक्ने राजनीतिक शक्ति एमाले नै भएको दाबी गरे ।

विकास र समृद्धिको स्पष्ट खाका, दीर्घकालीन योजना तथा अनुभव एमालेसँग मात्र रहेको उनको भनाई थियो । ‘भोटका लागि जे पनि बोल्नेहरू चुनावपछि हराउँछन्,’ उनले थपे, ‘तर देशलाई संकटबाट निकालेर समृद्धिको मार्गमा अघि बढाउन सक्षम पार्टी एमालेलाई मत दिनुहोस् ।’ कार्यक्रमका क्रममा यादव नगवाका विभिन्न टोलमा पुगेर घरघरमा भेटघाट गर्दै मतदातासँग सुझाव लिएका थिए ।

स्थानीय समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–१ मा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । नगवामा देखिएको सक्रियता र समर्थनले प्रदीप यादवको चुनावी अभियानलाई थप ऊर्जा दिएको एमाले वृत्तको दाबी छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि