वीरगंज (पर्सा), १६ माघ । पर्सा क्षेत्र नम्बर–१ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगंज वडा नम्बर–१५ लक्षमनवामा आयोजित घरदैलो, भेटघाट तथा संवाद कार्यक्रममा संसदिय सम्पर्क कार्यालय स्थापना गर्ने र २४ घण्टा जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उनले आफ्नो योजना सार्वजनिक गर्दै वीरगंजलाई गौरवपूर्ण, व्यवस्थित र सबैले गर्व गर्न सक्ने सहर बनाउने लक्ष्यको पक्षमा मतदाता तथा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेका थिए ।
उम्मेदवार सर्राफले उपस्थित जनतालाई सम्बोधन गर्दै भने, ‘हामीसँग स्पष्ट भिजन छ, वीरगंज र पर्सालाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउने । त्यसका लागि जनमत पार्टी र हर्न छापमा मतदान गरेर हामीसँग सहकार्य गर्नुहोस् । हामी जनतालाई नजिकबाट सेवा गर्ने वातावरण सिर्जना गर्न प्रतिबद्ध छौं । संसदीय सम्पर्क कार्यालयमार्फत स्थानीयवासीले कुनैपनि समस्या वा सुझाव दिन सक्नेछन्, र सेवा २४ घण्टा उपलब्ध हुनेछ ।’
कार्यक्रममा विभिन्न नेताहरूको पनि उपस्थिती रहेको थियो । बिध्यालाल प्रसाद, नजमा खातुन, महादेव शर्मा, भुपेन्द्र साह, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिह, मन्जय शर्मा, सुमित सिह लगायतका नेताहरूले सरार्फको अभियानमा सहकार्यको आश्वासन व्यक्त गरेका थिए ।
उम्मेदवार सर्राफले स्थानीय स्तरमा रहेका चुनौती र समस्याहरूको पहिचान गर्दै, विशेष गरी सडक, सरसफाई, पानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले जनतालाई मतदानको महत्व र निर्वाचनमा सक्रिय सहभागिताको आवश्यकताबारे समेत सचेत गराएका थिए ।
कार्यक्रमका क्रममा घरदैलो र व्यक्तिगत भेटघाटमार्फत सर्राफले स्थानीयवासीको आवश्यकताबारे जानकारी सङ्कलन गर्नुका साथै समाधानका उपायहरूबारे छलफल गरेका थिए । यस किसिमको प्रत्यक्ष संवादले मतदातामा उम्मेदवारप्रति विश्वास बढाउने मात्र होइन, निर्वाचन अभियानलाई जनमुखी बनाउने कार्यमा समेत मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सर्राफको प्रचारप्रसार अभियानले जनताको आवाज सुन्ने र उनीहरूको समस्याको शीघ्र समाधान गर्ने उद्देश्यलाई केन्द्रमा राखेको छ । यस अभियान अन्तर्गत प्रत्यक्ष भेटघाट, घरदैलो, समुदायिक सभा, हेल्प डेस्क स्थापना र सामाजिक संजालमार्फत जानकारी आदान–प्रदान जस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै छन् । उम्मेदवारले आफ्ना मतदातासँग नियमित संवाद गर्दै, विकास योजनाहरूलाई जनमुखी र पारदर्शी बनाउने प्रयास गरिरहेको बताइएको छ ।
उम्मेदवार सर्राफको यो पहलले स्थानीयवासीलाई आफ्नो समस्या प्रत्यक्ष रुपमा सम्बोधन गराउन सक्ने अवसर प्रदान गरेको छ । यसले वीरगंज र पर्साको समृद्धि तथा विकासमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने विश्वास पनि जगाएको छ ।
यसरी, ओमप्रकाश सर्राफको निर्वाचन प्रचारप्रसार अभियानले प्रत्यक्ष संवाद, सेवा र विकासको प्रतिवद्धतालाई मुख्य आधार बनाउँदै जनमत पार्टीको प्रचारलाई नजिकबाट जनतासँग जोड्ने उद्देश्य राखेको छ ।









प्रतिक्रिया दिनुहोस् !