Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरीलाई चुनौति दिदैँ वीरगंजको मुटुमा बढ्दै चोरी, सीसी क्यामरामा कैद भएपनि अपराधी खुला

वीरगंज जस्तो व्यस्त र संवेदनशील सहरमा प्रहरी प्रशासनकै कमजोरीका कारण चोरी मौलाउँदै जानु केवल एउटा घरको क्षति मात्र होइन, सम्पूर्ण सहरको सुरक्षा प्रणाली असफल बन्दै गएको संकेत हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १४, २०८२
प्रहरीलाई चुनौति दिदैँ वीरगंजको मुटुमा बढ्दै चोरी, सीसी क्यामरामा कैद भएपनि अपराधी खुला

वीरगंज (पर्सा), १४ माघ । पर्साको सदरमुकाम वीरगंजको मुख्य बजार क्षेत्र नै पछिल्लो समय चोरहरूको सुरक्षित अखडा बन्दै गएको छ । प्रहरी प्रशासनको कमजोर सुरक्षा व्यवस्था, ढिलासुस्ती र प्रभावहीन अनुसन्धानकै कारण दिनप्रतिदिन चोरीका घटनामा वृद्धि भइरहेको भन्दै सर्वसाधारण आक्रोशित बन्दै गएका छन् ।

यसैको पछिल्लो उदाहरण वीरगंज महानगरपालिका–१५, एनआई कलेज अगाडि जाने बाटोमा रहेको श्यामलाल कर्णको घरमा भएको ठूलो चोरी हो । गत १२ गते राति करिब १ बजेको समयमा घरमा कोही नभएको मौका छोपी चोरहरूले झ्यालको ग्रील तोडी भित्र प्रवेश गरी सुनचाँदीका गरगहना तथा नगदसहित करिब ५० लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी गरेर फरार भएका छन् ।

घरमा जडान गरिएको सीसी क्यामरा फुटेजमा तीन जना व्यक्ति करिब एक घण्टासम्म घरभित्र बसेर दराज तोडफोड गर्दै चोरी गरिरहेको दृश्य स्पष्ट रूपमा कैद भएको छ । अनुहार, हुलिया र गतिविधि प्रस्ट देखिँदा पनि घटना भएको दुईदिन बितिसक्दा समेत प्रहरीले कसैलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

स्थानीयका अनुसार यति स्पष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले न त प्रभावकारी खोजतलास गरेको देखिएको छ, न त नियमित गस्ती बढाइएको छ । ‘यदि सीसी क्यामरामा कैद भएका अपराधी पनि सुरक्षित छन् भने आम नागरिकको सुरक्षा कसले गर्छ ?’ स्थानीय व्यापारीहरूको आक्रोशपूर्ण प्रश्न छ ।

बजार क्षेत्र असुरक्षित, चोरहरूको मनोबल उच्च
यो घटना मात्र होइन । केही दिनअघि वडा प्रहरी कार्यालय श्रीपुर नजिकैसमेत चोरीको घटना सार्वजनिक भएको थियो । तर ती घटनामा पनि प्रहरीले कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन । बजार क्षेत्र, कलेज वरिपरि, घना बस्ती र व्यावसायिक केन्द्रमै बारम्बार चोरी हुनु तर अपराधी पक्राउ नपर्नुले चोरहरूको मनोबल उच्च र प्रहरीको उपस्थिति कमजोर देखिएको छ ।

दिनदहाडै प्रहरी गस्ती देखिएपनि राति हुने चोरीका घटनामा नियन्त्रण नहुनु, सूचनापछि पनि ढिलो पुग्नु र अनुसन्धानमा गम्भीरता नदेखिनु प्रहरी प्रशासनको चरम लापरवाहीको उदाहरण भएको स्थानीयवासी बताउँछन् । मुख्य बजार क्षेत्रमा नै ५० लाखभन्दा बढीको चोरी हुँदा पनि अपराधी खुला घुम्नुले व्यापारी र सर्वसाधारण भयभीत बनेका छन् । कतिपयले राति पसल र घरमा बस्नसमेत डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन् । लगातार बढ्दो चोरीका घटनाले वीरगंजको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

स्थानीयबासी, पीडित परिवार तथा व्यापारी संघहरूले प्रहरी प्रशासनसँग तत्काल विशेष टोली गठन गरी चोरी नियन्त्रण, नियमित रात्री गस्ती, सीसी क्यामरा विश्लेषण र शंकास्पद व्यक्तिमाथि कडा निगरानी गर्न माग गरेका छन् । दोषीलाई छिटो सार्वजनिक गरी कानुनी दायरामा ल्याउन नसके जनआक्रोश अझ चर्किने चेतावनीसमेत दिन थालिएको छ ।

वीरगंज जस्तो व्यस्त र संवेदनशील सहरमा प्रहरी प्रशासनकै कमजोरीका कारण चोरी मौलाउँदै जानु केवल एउटा घरको क्षति मात्र होइन, सम्पूर्ण सहरको सुरक्षा प्रणाली असफल बन्दै गएको संकेत हो ।

Tags: वीरगंजको मुटुमा बढ्दै चोरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि