Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा-४ मा प्रतिस्पर्धा होइन, त्याग र कामको परीक्षा ! कृष्णकुमार श्रेष्ठ ‘किसान’ बलिया उम्मेदवार

बारा क्षेत्र नं. ४ मा हुने आगामी निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई त्याग, विश्वास र कामको राजनीतिको परीक्षा बनेको छ । यही सन्दर्भमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ विकासप्रेमी, त्यागी र जनताको विश्वास जित्न सफल नेताका रूपमा बलिया उम्मेदवारका रूपमा उभिएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ११, २०८२
बारा-४ मा प्रतिस्पर्धा होइन, त्याग र कामको परीक्षा ! कृष्णकुमार श्रेष्ठ ‘किसान’ बलिया उम्मेदवार

कलैया (बारा), ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेबाट बारा जिल्ला क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका कृष्णकुमार श्रेष्ठ अहिले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेका छन् । बारा क्षेत्र नं. ४ मा हुने आगामी निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई त्याग, विश्वास र कामको राजनीतिको परीक्षा बनेको छ । यही सन्दर्भमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ विकासप्रेमी, त्यागी र जनताको विश्वास जित्न सफल नेताका रूपमा बलिया उम्मेदवारका रूपमा उभिएका छन् ।

कृष्णकुमार श्रेष्ठको राजनीतिक यात्राको प्रमुख विशेषता भनेकै त्याग हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँबाट हालका राष्ट्रपति रामचन्द्र पौडेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका श्रेष्ठ २०७९ सालमा पनि सोही क्षेत्रबाट सहजै जित्ने अवस्थामा थिए । तर कांग्रेस–माओवादी केन्द्र–समाजवादी पार्टीबीच गठबन्धन बनेपछि कांग्रेसकै आग्रहमा उनले आफ्नो जीत सुनिश्चित क्षेत्र तनहुँ छोडेर बारा–४ रोजेका थिए ।

२०७९ को निर्वाचनमा बारा–४ बाट उम्मेदवार बनेका श्रेष्ठले १० हजारभन्दा बढी मतान्तरले विजय हासिल गर्दै पहाड र मधेश दुवै क्षेत्रका जनताको विश्वास जित्न सक्ने नेता भएको प्रमाणित गरे । उनको त्यागकै कारण रामचन्द्र पौडेलले तनहुँबाट निर्वाचन जित्ने अवसर पाएका थिए र पछि राष्ट्रपति निर्वाचित भए ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा श्रेष्ठसँग तनहुँबाट उम्मेदवारी दिएर जित्ने पर्याप्त आधार हुँदाहुँदै पनि उनले पुनः बारा–४ लाई नै रोजेका छन् । पाँच वर्षअघि बारा–४ का बासीसँग गरेका विकास सम्बन्धी प्रतिबद्धताहरू अझै अपूरा रहेकाले त्यसलाई पूरा गर्न आफू पुनः उम्मेदवार बनेको उनी निकट स्रोत बताउँछ ।

चैत ६ गते भएको मनोनयन दर्ताका क्रममा श्रेष्ठको पक्षमा देखिएको ठूलो जनसहभागिताले चुनावी समीकरण स्पष्ट हुँदै गएको देखिन्छ । नेपाली कांग्रेस आन्तरिक विभाजनमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति कमजोर रहेको स्थानीय विश्लेषकहरूको भनाइ छ । यसबीच कांग्रेसका केही सक्रिय नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्दै श्रेष्ठको समर्थनमा नेकपा (एमाले) प्रवेश गरिरहेको बताइएको छ ।

यी सबै राजनीतिक आधारले बारा–४ मा कृष्णकुमार श्रेष्ठ केवल उम्मेदवार मात्र नभई काम, विश्वास र त्यागको प्रतीकका रूपमा स्थापित हुँदै गएको विश्लेषकहरू बताउँछन् । वर्तमान अवस्थामा चुनावी मैदानमा उनलाई टक्कर दिने हैसियत अन्य उम्मेदवारमा कमजोर देखिएको स्थानीय जनमतको आकलन छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि