Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ८, २०८२
प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

वीरगंज (पर्सा), ८ माघ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारदेखि अन्तर–विद्यालय स्तरीय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु भएको छ । टि.बि. साह क्रिकेट ग्राउन्ड वीरगंजमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल मेडिसिटी हस्पिटलका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतोले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै खेलकुद क्षेत्रमा पनि नयाँ आयाम ल्याउन सक्ने बताए । उनले शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलोका रूपमा प्याब्सनले निरन्तर योगदान गर्दै आएको उल्लेख गरे ।

‘खेलकुद कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन कायम राख्न र उनीहरूलाई स्वस्थ तथा फुर्तिलो बनाउन ठूलो सहयोग पुग्छ,’ उनले भने । साथै, नेपालको शिक्षा विदेशभन्दा कम नभएकाले देशको विकासका लागि हामी आफैं लाग्नुपर्नेमा उनले जोड दिए । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव शिवजी गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह, क्यानका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुनील महतो, प्याब्सन केन्द्रीय शैक्षिक परिषद् सदस्य हरिशंकर साह, केन्द्रीय सदस्य छेदुप लामा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविनलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका गणपति पुरनचन्द्र भट्ट, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनिपाख्रिन, लालबाबु पटेल, इमामोदिन अहमद तथा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहअन्तर्गत आयोजित मार्चपास प्रतियोगितामा न्यू वेभ एकेडेमी प्रथम, साउथ जोन सेकेन्डरी स्कुल द्वितीय, लिटिल एन्जल्स स्कुल तृतीय, मनकामना स्कुल चौथो, मालिनी एकेडेमी पाँचौं, गौतम स्कुल छैठौं र बिकन इङ्लिस स्कुल सातौं स्थानमा रहन सफल भए । वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक विकाससँगै खेलकुदलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरूले क्रिकेट र फुटबल दुवै विधामा सहभागिता जनाएका छन् । आयोजक प्याब्सन पर्साले यस्ता प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य लिएको जनाएको छ । प्रतियोगिताको पहिलो खेलमा गुरुकुल एकेडेमी स्कुललाई १० विकेटले पराजित गर्दै सेन्जेभिएसले विजयी सुरुवात गरेको छ । उक्त खेलको ‘म्यान अफ द म्याच’ उपाधि शेख अनिसु रहमानले प्राप्त गर्नुभएको प्याब्सन सचिव अशोक संग्रौलाले जानकारी दिए ।

Tags: क्रिकेट तथा फुटबल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि