Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजी क्षेत्र अनिश्चिततामा, लगानी वातावरण सुधार्न ढकालको आग्रहः ‘नीतिगत अवरोध हटे समृद्धि सम्भव’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
निजी क्षेत्र अनिश्चिततामा, लगानी वातावरण सुधार्न ढकालको आग्रहः ‘नीतिगत अवरोध हटे समृद्धि सम्भव’

काठमाडौं, १६ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीमैत्री वातावरण नबनेको कारण निजी क्षेत्र अझै ढुक्कसँग अगाडि बढ्न नसकेको बताएका छन् । बुधवार महासंघले आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य, सामुहिक पहल’ कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित बनाएर काम गर्न दिने वातावरण निर्माण नगरेसम्म समृद्ध राष्ट्र निर्माण कल्पना मात्रै हुने स्पष्ट गरे ।

ढकालका अनुसार समृद्धिको आधार निजी क्षेत्र नै भएपनि त्यसको संरक्षण र प्रवद्र्धनको विषय राज्यको प्राथमिकतामा परेन । उनले भने, ‘निजी क्षेत्रलाई निर्वाध रूपमा व्यवसाय सञ्चालनको ग्यारेन्टी अझै छैन । गलत कार्य गर्नेहरू दण्डित नहुँदा दण्डहीनता बढ्दै गएको छ ।’ उनका अनुसार उद्यमीलाई सहज नीतिगत ढाचा, सम्मान, सम्पत्ति सुरक्षाको अनुभूति र निर्बाध पेसा व्यवसायको हक सुनिश्चित नभएसम्म देशमा लगानी नहुने र त्यसको प्रत्यक्ष प्रभाव रोजगारी तथा आयस्तरमा पर्छ ।

ढकालले थपे, ‘लगानी नभइ रोजगारी हुँदैन । रोजगारी नभए आयस्तर वृद्धि हुँदैन । आयस्तर नबढे मानव विकास कसरी सुधार होस् ? शिक्षा स्वास्थ्य सर्वसुलभ बनाउन राजस्व बढ्नुपर्छ । त्यसका लागि निजी क्षेत्र उत्साहित हुने वातावरण अनिवार्य छ ।’

डेढ वर्षदेखि सरकार घाटामा, बैंकसँग ११ खर्ब लगानी क्षमता
कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो वित्तीय अवस्थाप्रति चिन्ता प्रकट गर्दै सरकारले करिब डेढ वर्षदेखि झण्डै डेढ खर्ब घाटा बोकेको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाहरुले करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार भएपनि निजी क्षेत्र अघि बढ्न नसकेको उनले बताए । ‘पुँजी छ, तर उद्यम गर्न वातावरण छैन । राजस्वको अभावले कर्मचारी तलब भत्तासम्म असर परेको छ,’ ढकालको भनाइ थियो ।

उनका अनुसार पूर्वाधार निर्माणमा सरकारी तथा निजी पहल दुवै सुस्त छन् । विभिन्न बहानामा परियोजना अवरुद्ध हुने, उद्योग कलकारखाना विस्तारमा झन्झटिला प्रक्रिया लाग्ने, व्यवसायीमाथि नकारात्मक धारणाले निजी क्षेत्र निराश भएको बताए । ‘पूर्वाधार र उद्योग नगरी रोजगारी कसरी बढाउँछौँ ? युवालाई रोक्ने वातावरण छैन, त्यसैले विदेशी रोजगारको बाटो अनिवार्यजस्तै छ,’ प्रश्न गरे ।

राजनीतिक स्थायित्व र नीतिगत सुधार आवश्यक
ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि सामुहिक पहलको आवश्यकता जोडदार रूपमा उठाए । राजनीतिक स्थायित्वका लागि समयमै निर्वाचन र लोकतन्त्र संस्थागत गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए । निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण नदिए विकास सम्भव नभएको उनको बुझाइ छ । ‘निजी क्षेत्र असफल भयो भने त्यसको असर भविष्यका पुस्तामा पनि पर्छ । यो केवल व्यवसायीको मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको प्रश्न हो,’ ढकालले स्पष्ट पारे ।

नेपालमा ७५ वर्षमा आधा दर्जनभन्दा बढी परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि जनजीवनमा अपेक्षित सुधार नआएको ओझेल पार्दै ढकालले उद्यमी व्यवसायीलाई राष्ट्र विकासका मूल शक्तिको रूपमा मान्यता दिन राज्य प्रवृत्ति परिवर्तन हुनुपर्ने बताए । उनले माग गरे ‘उद्योग व्यवसायलाई प्राथमिक क्षेत्रका रूपमा मन्त्रिपरिषद्टबाट पारित गरी निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति लागू गरियोस् । अहिले यस्तै रणनीति तत्काल आवश्यक छ ।’

ढकालको भनाइले फेरि एकपटक स्पष्ट बनायो निजी क्षेत्र आत्मविश्वाससाथ अगाडि बढ्न सकेमात्र रोजगारी सिर्जना, राजस्व अभिवृद्धि र समृद्ध राष्ट्रको लक्ष्य पूरा हुनसक्छ । अहिले चुनौती नीतिगत अवरोध हटाई उद्यमशीलतालाई प्रोत्साहन दिने प्रतिवद्धता देखाउनु हो ।

Tags: निजी क्षेत्र अनिश्चिततामा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि