Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खानेपानी संकट अन्त्यको ठोस कदम: ‘खानेपानी वितरण प्रणाली’ परियोजना कार्यान्वयन प्रक्रिया सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १४, २०८२
खानेपानी संकट अन्त्यको ठोस कदम: ‘खानेपानी वितरण प्रणाली’ परियोजना कार्यान्वयन प्रक्रिया सुरु

वीरगंज (पर्सा), १४ पुस । वीरगंजमा विगत केही वर्षयता विशेषगरी गर्मीयाममा दोहोरिँदै आएको खानेपानी अभावको दीर्घकालीन समाधानतर्फ महत्वपूर्ण कदम अघि बढाइएको छ । वीरगंजमा गर्मीको समयमा विगत तीन चार वर्षदेखि देखिएको खानेपानीको गम्भिर समस्यालाई ध्यानमा राख्दै संघीय सरकारले अघि सारेको महत्वाकांक्षी ‘वीरगंज खानेपानी वितरण प्रणाली’ परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

उक्त परियोजनाको निर्माणका लागि वीरगंज महानगरपालिकाले औपचारिक रूपमा ठेक्का आह्वान गरिसकेको छ । परियोजना सम्पन्न भएपछि वर्षौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका वीरगंजवासीले २४ घण्टा सुरक्षित, शुद्ध र नियमित खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

चार वर्षदेखि विशेष गरी गर्मी मौसममा गहिरिँदै गएको खानेपानी संकटलाई मध्यनजर गर्दै संघीय सरकारले यो दूरगामी परियोजना अगाडि सारेको थियो । दूरदृष्टि र दातृ निकायहरूसँगको प्रभावकारी समन्वयका कारण एसियाली विकास बैङ्क (एडिबी) को ठुलो लगानीमा यो परियोजना निर्माण हुन लागेको हो ।

परियोजना अन्तर्गत वीरगंज महानगरपालिकाका वडा नम्बर १ देखि १४, १६ र २४ सम्मका शहरी क्षेत्रलाई लक्षित गरी पाँच वटा आधुनिक ओभरहेड ट्यांकी निर्माण गरिनेछ । ती ट्यांकीहरू चिनीमिल क्षेत्र, पदम रोड, वडा नम्बर २४, जिल्ला प्रशासन कार्यालय पर्साको पछाडि तथा आदर्शनगरमा निर्माण हुने बताइएको छ । प्रत्येक ओभरहेड ट्यांकीको क्षमता ३ लाखदेखि ८ लाख लिटरसम्म रहनेछ ।

यसैगरी, शहरभरि करिब ३२२ किलोमिटर लम्बाइमा उच्च गुणस्तरको पाइपलाइन विस्तार गरिनेछ । सोही पाइपमार्फत महानगरका १६ वटा वडामा खानेपानी वितरण गरिने योजना रहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को सहकार्यमा निर्माण हुन लागेको यस परियोजनामा आधुनिक प्रविधिको प्रयोग गरी पाइपलाइनमार्फत वितरण गरिने पानीको नियमित निगरानी गरिनेछ ।

साथै समय समयमा पाइपलाइनको मर्मतसम्भार गरिने भएकाले पाइप फुट्ने, पानी चुहिने (लिकेज) जस्ता पुराना समस्याहरू पूर्ण रूपमा अन्त्य हुने विश्वास गरिएको छ । यो महत्वाकांक्षी परियोजना निर्माण भई सञ्चालनमा आएपछि वीरगंजको वर्षौंदेखिको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास लिइएको छ । यस परियोजनाले लाखौँ वीरगंजवासीलाई शुद्ध र नियमित खानेपानी उपलब्ध गराउने मात्र नभई स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउनेछ ।

वीरगंजको दिगो विकासतर्फ एक ऐतिहासिक परियोजनाका रूपमा हेरिएको यस खानेपानी वितरण प्रणालीले शहरको भविष्यलाई सुरक्षित, स्वस्थ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

Tags: खानेपानी वितरण प्रणाली
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि