Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुनावी अनिश्चितताबीच बालेनको आकस्मिक सक्रियता, ‘किङमेकर’ शैलीमा शक्ति प्रदर्शन

बालेनको लोकप्रियता यति व्यापक छ कि प्रतिनिधिसभा निर्वाचनमा उनी जुनसुकै क्षेत्रबाट उम्मेदवार बने पनि जित्ने हैसियतमा रहेको विश्लेषण गरिन्छ । तर उनले आफू मात्रै जितेर नहुने भन्दै १६४ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने योग्य र विश्वसनीय उम्मेदवार खोजिरहेको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
चुनावी अनिश्चितताबीच बालेनको आकस्मिक सक्रियता, ‘किङमेकर’ शैलीमा शक्ति प्रदर्शन

काठमाडौं, ११ पुस । मुख्य राजनीतिक दलहरू निर्वाचनबाट पन्छिन खोजिरहेको आशंका बढिरहेका बेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले एकाएक आफ्नो राजनीतिक सक्रियता तीव्र बनाएका छन् । पछिल्लो राजनीतिक अस्थिरता, निर्वाचनको अन्योल र पुराना दलहरूको जेनजीप्रति देखिएको प्रतिशोधपूर्ण अभिव्यक्तिका बीच बालेनको गतिविधि किङमेकरको भूमिकातर्फ उन्मुख देखिएको छ ।

बुधवारदेखि बिहिवार अबेरसम्म बालेनले एक दर्जनभन्दा बढी राजनीतिक, सामाजिक र बौद्धिक व्यक्तित्वहरूसँग भेटघाट गर्दै आफूलाई राजनीतिक ‘पावर सेन्टर’को रूपमा प्रस्तुत गरेका छन् । यी भेटघाटले बालेन केवल महानगर प्रमुखमा सीमित नरही राष्ट्रिय राजनीतिको निर्णायक भूमिकातर्फ अघि बढिरहेको सन्देश दिएको विश्लेषण भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सामान्यतया सार्वजनिक रूपमा कम बोल्ने नेता मानिन्छन् । मेयरमा निर्वाचित भएयता उनले स्वदेशी सञ्चारमाध्यमलाई औपचारिक अन्तरवार्ता समेत दिएका छैनन् । उनी आफ्ना विचार र निर्णयहरू प्रायः सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत सार्वजनिक गर्छन् । उनका धेरै स्टाटस विवादमा पर्ने गरेका छन् भने समर्थकहरूले ती अभिव्यक्तिलाई पुराना दलप्रतिको साहसी प्रतिपक्षीय स्वरका रूपमा लिने गरेका छन् ।

काठमाडौँका मेयर भएपनि बालेन समकालीन नेपाली राजनीतिका सबैभन्दा प्रभावशाली प्रतिपक्षी आवाजमध्ये एक मानिन्छन् । सत्ता र शक्ति आफ्नै ढंगले प्रयोग गर्दै आएका पुराना दलहरूप्रति उनी प्रायः कटाक्ष गर्छन्, जुन जनताको ठूलो हिस्सालाई रुचिकर लाग्ने गरेको छ । करिब साढे तीन वर्षदेखि अनौपचारिक तर प्रभावशाली प्रतिपक्षको भूमिकामा रहेका बालेनले अब प्रत्यक्ष दलीय राजनीतिमा प्रवेश गर्ने संकेत देखाएका छन् ।

गत सोमवार अप्रत्याशित रूपमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटे । करिब छ घण्टा लामो उक्त भेटपछि राजनीतिक वृत्तमा हलचल मच्चियो । उक्त भेटको तरंग सेलाउन नपाउँदै बुधवार रातिदेखि बालेनले असामान्य ढंगले भेटघाट र संवादलाई तीव्र बनाए । बिहिवार बिहानैदेखि बालेन रास्वपा सहकार्य लगभग टुटेको संकेत दिने शैलीका समाचारहरू सार्वजनिक भए ।

रवि लामिछाने र रास्वपाको शैलीबाट असन्तुष्ट हुँदै बालेन आफैँ नयाँ दलको नेतृत्व गर्दै राजनीतिमा होमिन लागेको दाबीहरू समेत ‘ब्रेकिङ न्यूज’का रूपमा आए । तर ती चर्चाबीच केही समयमै बालेन र रवि लामिछानेबीच करिब दुई घण्टा लामो थप छलफल भएको श्रोतले जनाएको छ । बुधवारदेखि नै बालेन आफ्ना विश्वासपात्र कुमार व्यञ्जनकार (बेन) को ललितपुरस्थित घरलाई राजनीतिक संवादको केन्द्र बनाएर बसेका थिए ।

बुधवार रातिदेखि मध्यरातसम्मै बालेनले विभिन्न क्षेत्रका परिचित र प्रभावशाली व्यक्तिहरूसँग भेटघाट गरेका थिए । ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा उनले कांग्रेस नेता चन्द्र भण्डारी, रेशम चौधरी, राप्रपा नेता ज्ञानेन्द्र शाही, सिके राउत, डा. भगवान कोइराला, रक्षा बम, निश्चन बस्नेत, सागर ढकाललगायतसँग संवाद गरेका थिए । यही म्याराथन शैलीको भेटघाटलाई उनले बिहिवार अबेरसम्म निरन्तरता दिएका थिए ।

किङमेकरको भूमिकामा बालेन
जेनजी आन्दोलनपछि कुनै औपचारिक संगठनबिनै जबरजस्त राजनीतिक प्रभाव कायम गरेका बालेन पछिल्लो समय केही चुपचाप देखिएका थिए । यसबीच बालेनको लोकप्रियता र प्रभाव कमजोर बन्दै गएको अनुमान पनि गरिन्थ्यो । तर बुधवारदेखि देखिएको तीव्र सक्रियताले उनलाई पुनः राजनीतिक केन्द्रमा ल्याइदिएको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि बालेनको गतिविधि यस तहमा बढेको देखिन्छ । यसअघि प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका बालेनले पछिल्लो संवाद र भेटघाटमार्फत आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेको सन्देश दिएका छन् । उनीसँग भेटघाट गरेका अधिकांश जेनजी अगुवाहरूलाई उनले आफू राजनीतिमा आएको र सबै जेनजी शक्तिहरू एकजुट भएर सहकार्य गर्नुपर्ने अपिल गरेको श्रोतहरूले बताएका छन् ।

बालेनको लोकप्रियता यति व्यापक छ कि प्रतिनिधिसभा निर्वाचनमा उनी जुनसुकै क्षेत्रबाट उम्मेदवार बने पनि जित्ने हैसियतमा रहेको विश्लेषण गरिन्छ । तर उनले आफू मात्रै जितेर नहुने भन्दै १६४ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने योग्य र विश्वसनीय उम्मेदवार खोजिरहेको बताइएको छ । पछिल्ला भेटघाटहरूले उनी दीर्घकालीन राजनीतिक रणनीतिसहित अघि बढिरहेको पुष्टि गर्छन् ।

आगामी निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै गर्दा बालेनले संवाद र भेटघाटलाई तीव्र बनाएका हुन् । रास्वपा र उज्यालो नेपाल पार्टीसँग शक्ति बाँडफाँटमा सहमति नभए ‘देश विकास पार्टी’मार्फत समानुपातिकतर्फ ११० निर्वाचन क्षेत्रका उम्मेदवारको सूची बुझाउने तयारीसमेत भइरहेको बुझिएको छ ।

अन्ततः, अप्रत्याशित रूपमा राजनीतिक संवाद र भेटघाटलाई तीव्र बनाउँदै बालेनले जेनजी आन्दोलनपछिको जनादेश र परिवर्तनको चाहनालाई आत्मसाथ गर्दै सक्रियता बढाएका छन् । यसले एकातिर पुराना दलहरूमा तरंग र दबाब सिर्जना गरेको छ भने अर्कोतर्फ नयाँ राजनीतिक कोर्सको खोजीमा रहेका नागरिकहरूमा भने छुट्टै उत्साह थपिदिएको छ ।

Tags: बालेन किङमेकर शैली
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि