Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बढ्दो चिसोबाट राहत दिन रौतहटमा सार्वजनिक स्थानमा दाउरा वितरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
बढ्दो चिसोबाट राहत दिन रौतहटमा सार्वजनिक स्थानमा दाउरा वितरण

गौर (रौतहट), ११ पुस । रौतहट जिल्लामा जाडो मौसम तीव्र बन्दै गएसँगै चिसोको मारमा परेका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय रौतहटले जिल्लाका विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेको छ । पछिल्लो समय तापक्रम उल्लेख्य रूपमा घटेपछि बिहान र साँझको समयमा अत्यधिक चिसो महसुस हुन थालेको भन्दै कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत आगो ताप्ने व्यवस्था मिलाएको जनाएको छ ।

डिभिजन वन अधिकृत हेमन्त साहको नेतृत्वमा जिल्लाका मुख्य सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराइएको हो । विशेषगरी बिहानैदेखि कामका सिलसिलामा घरबाहिर निस्कनुपर्ने मजदुर, गरिब तथा विपन्न वर्ग, यात्रु, वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी दाउरा वितरण गरिएको अधिकृत साहले जानकारी दिए । चिसो मौसमका कारण जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै वन कार्यालयले यस्ता राहतका कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको उनले बताए ।

‘चिसोले प्रभावित नागरिकहरूलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाएका छौं,’ डिभिजन वन अधिकृत साहले भने, ‘चिसोको प्रभाव कायम रहेसम्म यो अभियानलाई निरन्तरता दिइनेछ ।’

सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, बिहान साँझ काममा निस्कने सर्वसाधारण तथा यात्रुहरूलाई विशेष राहत पुग्ने विश्वास कार्यालयले लिएको छ । चिसो मौसमका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था हुनु उपयुक्त रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले प्रतिक्रिया दिए ।

डिभिजन वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरी चिसोबाट बच्ने अन्य उपायहरूबारे समेत सचेतना फैलाउने योजना बनाएको जनाएको छ । बिहीबार दाउरा वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लाबुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसी, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय रौतहटले चिसो मौसमजन्य राहत कार्यक्रमसँगै प्राकृतिक विपद् व्यवस्थापन, वन डढेलो नियन्त्रण, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।

Tags: सार्वजनिक स्थानमा दाउरा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि