Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगामी निर्वाचनमा पुराना दललाई कडा प्रश्न गर्न रास्वपाका पर्सा सभापति पन्तको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
आगामी निर्वाचनमा पुराना दललाई कडा प्रश्न गर्न रास्वपाका पर्सा सभापति पन्तको आग्रह

वीरगंज (पर्सा), ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी निर्वाचनमा पुराना राजनीतिक दलहरू पुनः भोट माग्न आए जनताले उनीहरूलाई कडा प्रश्न गर्नुपर्ने बताएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै सभापति पन्तले विगत ३५ वर्षदेखि पटक पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले देश र जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । उनले यस्ता दलहरूले जनतासामु मत माग्ने नैतिक अधिकारसमेत गुमाइसकेको दाबी गरे ।

सभापति पन्तले विगतका शासक दलहरू शासन, सुशासन, रोजगारी, विकास र भ्रष्टाचार नियन्त्रणका सवालमा असफल भएको उल्लेख गर्दै अब जनताले उनीहरूलाई जवाफदेही बनाउनु अपरिहार्य भएको बताए । परिवर्तन चाहने सचेत नागरिकहरू एकजुट भई वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउनु आजको आवश्यकता रहेको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो विकल्पका रूपमा अघि बढाउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

उक्त भेलाले वीरगंज महानगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार गरेको छ । भेलाबाट वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा चयन भएका छन् भने सदस्यहरूमा शेख सहजाद, कृस्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन् ।

त्यसैगरी, वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद चयन भएका छन् भने सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन् ।

रास्वपा वीरगंज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोदले गरेका थिए । भेलामा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए भने क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ तथा नेताहरू परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तव्य व्यक्त गर्दै संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिमा नागरिकको भूमिकाबारे धारणा राखेका थिए ।

Tags: रास्वपा पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि