Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाई गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले सम्हाले कार्यभार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ११, २०८२
कालिकामाई गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले सम्हाले कार्यभार

वीरगंज (पर्सा), ११ पुस । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार औपचारिक रूपमा हाजिर भई आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि पर्साकै जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका कुशवाहाको कालिकामाई गाउँपालिकामा सरुवा भएपछि उनी यहाँ पदस्थापन भई कार्यभार सम्हाल्न पुगेका हुन् ।

हाजिर हुन गाउँपालिकाको कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई एक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा गाउँपालिकाभित्रको प्रशासनिक टिमसँग परिचय गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यभार सम्हालेपछि कुशवाहाले जनप्रतिनिधि र कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।

कालिकामाई गाउँपालिकाको सभा हलमा सम्पन्न उक्त परिचयात्मक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनसहित विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूले गमछा र फूलमाला लगाई प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भव्य स्वागत गरेका थिए । कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृतप्रति सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।

कार्यभार सम्हाल्दै कुशवाहाले गाउँपालिकाको समग्र कामकारबाही नियम, कानुन र प्रक्रिया अनुरूप अघि बढाइने स्पष्ट पारे । स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै विकास निर्माणका गतिविधिमा तीव्रता ल्याउने विषयमा आफू विश्वस्त रहेको प्रतिक्रिया उनले दिए । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडाअध्यक्षहरू लालबाबु चौरसिया, सोनालाल चौरसिया, संजय पटेल, संजय प्रसाद गोढलगायत अन्य जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा कालिकामाई गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधि थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

जेष्ठ ५, २०८३
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि