Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फागुन २१ को चुनावः बारा-२ मा उपेन्द्र यादवको पुनरागमन तयारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८२
एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव

Upendra Yadav

कलैया (बारा), १० पुस । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम पुनः उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका तत्कालीन महासचिव रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी पछि उपराष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो । सोही रिक्त पदका लागि भएको उपनिर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएका हुन् ।

सप्तरी निर्वाचन क्षेत्रबाट पराजय भोगेपछि संसद्बाट बाहिर रहेका उपेन्द्र यादवले नेपाली कांग्रेससहितका दलको सहयोगमा बारा–२ बाट निर्वाचन जित्दै पुनः संसद् प्रवेश गरेका थिए । जसपाले उपेन्द्र यादवसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादवका छोरा शत्रुधन यादव र रामकिशोर यादवको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले भने जिल्लाका पूर्व सभापति राधेचन्द यादवको एकल नाम सिफारिस गरेको छ । राधेचन्द यादव यसअघि पनि यही निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन् ।

यसैबीच, कांग्रेसले गृहजिल्ला बारा भएका सहमहामन्त्रीद्वय का लागि पनि उम्मेदवारी सिफारिस गरेको छ । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई संघीय निर्वाचन क्षेत्र नम्बर ३ बाट र उमाकान्त चौधरीलाई निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ ।

मन्सुर सिफारिस भएको क्षेत्रमा क्षेत्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि सिफारिस गरेको थियो । तर, जिल्ला समितिको सिफारिसमा भने देउवाको नाम हटाइएको छ । यस्तै, उमाकान्त चौधरी सिफारिस भएको निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिले चौधरीसँगै शम्भुबहादुर बुढाथोकीको नाम पनि सिफारिस गरेको छ ।

कांग्रेसभित्र दुई धार देखिएको कारण जिल्ला र क्षेत्रीय तहबाट फरक–फरक उम्मेदवारको नाम सिफारिस भएको नेताहरूले बताएका छन् । यसले बारा जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक समीकरण अझ स्पष्ट रूपमा सतहमा आएको देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

जेष्ठ ५, २०८३
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि