Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओली सरकार ढाल्ने जेनजी, सुशीलाको सरकार ढाल्ने प्रयासमा किन सक्रिय ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८२
ओली सरकार ढाल्ने जेनजी, सुशीलाको सरकार ढाल्ने प्रयासमा किन सक्रिय ?

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सरकारका लागि खतरा पनि जेनजी समूह, व्यक्ति र सरोकारवालाहरु नै बन्न खतरा देखिन थालेको छ । भदौ २३ र २४ को आन्दोलनमा नदेखिएका अनुहारदेखि आन्दोलनमा सहभागी नहुनेहरु पछिल्लो समय समूह नै बनाएर सरकारको बर्खास्ती माग्न उभिन थालेका छन् । तर, सरकारले भने जेनजी आन्दोलनको स्पिरिड नछाडेको भनिरहेको छ ।

भदौ २३ र २४ गतेको आन्दोलन–विध्वंशपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालिरहेकी छन् । सरकारको नेतृत्वमा रहेकी कार्कीले फागुन २१ मा चुनाव गराउने कार्यभार पाएपनि काम सम्पन्न होला ? यो प्रश्नको जवाफको तगारो त्यहि जेनजी समूह नै बन्ने खतरा देखिन थालेको छ । अनेकथरी जेनजी र समूहले सरकारमाथि दबाब दिइरहेका छन भने चुनाव गराउनकै निम्ति आन्दोलन नभएको भनिरहेका छन् ।

सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम नगरेको भन्दै आन्दोलन चलिरहेको छ । मिराज ढूंगाना पक्षले आन्दोलन गर्दै सरकारको बर्खास्तीको माग गरिरहेको छ । आन्दोलनले दिएको म्याण्डेट अनुसार सरकार नचलेको आरोप लगाइरहेको छ । यस्तो स्थितिमा सरकारले भने जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै काम गरिरहेको दाबी गर्न छाडेको छैन् ।

सरकारको ध्यान चुनावमा !
सरकारले भने फागुन २१ मा निर्वाचन सम्पन्न गराउने विषयलाई मूलमन्त्र बनाएको भनिरहेको छ । सरकारका मन्त्रीहरुले दलको कार्यालयमा पुग्ने र अनुगमनको नाममा चुनावको पक्षमा वकालत गर्ने काम गरिरहेका छन् । यता, जेनजी प्रतिनिधिहरुले भने सरकारले चुनावमा मात्रै ध्यान दिएको आरोप लगाइरहेका छन् । तर, ऊर्जामन्त्री कुलमान घिसिङले सुशासनको पक्षमा कुनै सम्झौता नगरेको भन्दै आन्दोलनमा उत्रिएका जेनजीलाई शान्त पार्ने प्रयास गरिरहेका छन् ।

सरकारले पाएको म्याण्डेट नै फागुन २१ मा निर्वाचन सम्पन्न गराउने हो । तर, जेजनी नामधारीहरुले सुशासनको विषयबाहेक अन्य असम्भव मागहरुमा बहस केन्द्रित पारेका छन् । जसमा संविधान संशोधनदेखि प्रत्यक्ष निर्वाचित कार्यकारिको विषयलाई उठाइरहेका छन् । के यो सम्भव छ ?

प्रतिनिधिसभा नै नभएको बेला यो सम्भव देखिन्न । तर, जेनजीहरुको यो मागले कांग्रेस एमालेले मागिरहेको संसद पुनस्र्थापनालाई भने बल पुगिरहेको देखिन्छ । संसद एक दिन ब्यूतिएर संविधान संशोधनदेखि अन्य विषयमा काम गर्ने चर्चा समेत चलिरहेको छ । तर, यसको राजनीतिक ग्राउन्ड नै समाप्तप्राय बनेको बेला सरकार भर्सेस जेनजी बन्दा मुलुक अर्को संकटमा फस्नसक्ने खतरा समेत उत्तिकै देखिन्छ । साभार : न्यूज २४ टिभी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि