Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगदम्बा स्टील्सका मजदुर आक्रोशित : सम्झौताअनुसारको बोनस नपाएको भन्दै उद्योग व्यवस्थापनविरुद्ध आपत्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ९, २०८२
जगदम्बा स्टील्सका मजदुर आक्रोशित : सम्झौताअनुसारको बोनस नपाएको भन्दै उद्योग व्यवस्थापनविरुद्ध आपत्ति
वीरगंज (पर्सा), ९ पुस । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा अवस्थित जगदम्बा स्टील्स लिमिटेडमा कार्यरत मजदुरहरूले आर्थिक वर्ष २०८०/०८१ को सम्झौताअनुसार पाउनुपर्ने बोनस हालसम्म नपाएको भन्दै गम्भीर आक्रोश व्यक्त गरेका छन् । बोनस नपाउँदा श्रमिकहरूको दैनिकी मात्र नभई चाडपर्वसमेत प्रभावित भएको भन्दै उनीहरूले उद्योग व्यवस्थापनको गैरजिम्मेवार व्यवहारप्रति कडा आपत्ति जनाएका हुन् ।
नेपाल औद्योगिक मजदुर संघसँग आबद्ध जगदम्बा स्टील्स मजदुर युनियनले सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी उद्योग व्यवस्थापनको लापरबाहीका कारण श्रमिकहरू गम्भीर समस्यामा परेको जनाएको छ । युनियनका अनुसार बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ मा सञ्चालित उक्त उद्योगमा कार्यरत श्रमिकहरूले सम्झौताअनुसार पाउनुपर्ने बोनस समयमै नपाउँदा यस वर्ष दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्वसमेत सहज रूपमा मनाउन नपरेको अवस्था सिर्जना भएको छ ।
युनियनले बोनस वितरणका लागि पटक पटक उद्योग व्यवस्थापनको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको आरोप लगाएको छ । युनियनका अनुसार उद्योग व्यवस्थापन करिब तीन महिनादेखि उद्योगमै अनुपस्थित रहँदै आएको छ, जसका कारण उद्योगमा श्रम ऐन तथा नियमावली विपरीत गतिविधि बढ्दै गएको र नियमित सञ्चालनमा समेत नकारात्मक असर परेको छ ।
पत्रकार सम्मेलनमा युनियनले ठेकेदारमार्फत काम गरिरहेका श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिइएको, सामाजिक सुरक्षा कोषमा श्रमिकबाट कट्टा गरिएको रकम बराबर कम्पनीले थप गर्नुपर्ने २० प्रतिशत योगदानसमेत नगरेको गम्भीर आरोप लगाएको छ । यसले श्रमिकहरूको सामाजिक तथा आर्थिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको युनियनको भनाइ छ ।
यसैगरी उद्योगमा व्यवसायजन्य सुरक्षा व्यवस्थाको अभाव रहेको भन्दै श्रमिकहरू काम गर्ने क्रममा दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्था आएको दाबी पनि युनियनले गरेको छ । यस्ता समस्या समाधानका लागि उद्योग व्यवस्थापन तत्काल संवादमा आउनु आवश्यक रहेको भन्दै युनियनले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
युनियनका अध्यक्ष दीपक कार्कीले मजदुरका जायज मागहरू तत्काल पूरा नगरे पुस १० गतेसम्म उद्योगको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । उनले माग पूरा नभए त्यसबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थिति र क्षतिको सम्पूर्ण जिम्मेवारी उद्योग व्यवस्थापनले नै लिनुपर्ने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा उपस्थित जितपुरसिमरा उपमहानगर क्षेत्रका नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर स्तरीय नेताहरूले मजदुरका मागप्रति एकबद्धता जनाउँदै आ–आफ्नो पार्टीको तर्फबाट साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

जेष्ठ ५, २०८३
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि