Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा शीतलहरसँगै बाक्लो हुस्सु बढेपछि सतर्कता अपनाउन जिल्लाबासीहरुलाई प्रशासनको आग्रह

नागरिकले न्यानो कपडा प्रयोग गर्ने, अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक कम्बल प्रयोग गरी छाती र टाउको राम्रोसँग ढाक्ने तथा तातो पानी र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०८२
तराईमा शीतलहरसँगै बाक्लो हुस्सु बढेपछि सतर्कता अपनाउन जिल्लाबासीहरुलाई प्रशासनको आग्रह

वीरगंज (पर्सा), ८ पुस । पर्सा जिल्लामा यस वर्ष शीतलहर तथा कडा जाडो सुरु भइसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागेको र चिसोको प्रभाव बढ्दै गएको अवस्थामा विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरिब तथा पिछडिएको समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने प्रशासनको भनाइ छ ।

शीतलहरका कारण जनस्वास्थ्य, पशुपन्छी तथा समग्र दैनिक जनजीवनमा नकारात्मक असर पर्न सक्ने भन्दै प्रशासनले जोखिम न्यूनीकरणका लागि विभिन्न सावधानी अपनाउन अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा चिसोबाट जोगिन नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सूचनाअनुसार नागरिकले न्यानो कपडा प्रयोग गर्ने, अत्यधिक चिसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक कम्बल प्रयोग गरी छाती र टाउको राम्रोसँग ढाक्ने तथा तातो पानी र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ ।

त्यसैगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको विशेष हेरचाह गर्न प्रशासनले अनुरोध गरेको छ । ज्वरो आउने, खोकी बढ्ने, दमको समस्या चर्किने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान पनि आग्रह गरिएको छ ।

चिसो समयमा आगो ताप्दा वा विद्युतीय हिटर प्रयोग गर्दा कोठामा पर्याप्त अक्सिजन आवतजावत हुने व्यवस्था मिलाउन, सुत्नुअघि आगो निभाउने तथा विद्युतीय उपकरणहरू बन्द गर्नुपर्नेमा समेत प्रशासनले सचेत गराएको छ । यसले सम्भावित आगलागी तथा निसास्सिने जोखिम कम गर्न सहयोग पुग्ने जनाइएको छ ।

यसैगरी, बाक्लो हुस्सु र चिसोका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित राख्न, फग लाइट प्रयोग गर्न तथा आवश्यक परे हेडलाइट र हर्नको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

घरेलु पशुपन्छीलाई पनि चिसोबाट जोगाउन गोठभित्र राख्ने, पर्याप्त घाँस, पराल तथा दाना उपलब्ध गराउने र पशुपन्छी बिरामी परेमा नजिकको पशु चिकित्सालय वा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरको अवधिभर सबै नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आफू र परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन हार्दिक आग्रह गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि