Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा हिन्दु पत्रकार संघ गठन, अध्यक्षमा रौनियार र उपाध्यक्षमा पटेल चयन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८२
पर्सामा हिन्दु पत्रकार संघ गठन, अध्यक्षमा रौनियार र उपाध्यक्षमा पटेल चयन

वीरगंज (पर्सा), ६ पुस । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा हिन्दु पत्रकार सङ्घको जिल्ला कार्यसमिति गठन भएको छ । वीरगंजस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको एक भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् । यसैबिच सङ्घले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहण साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन् ।

हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायका अधिकार र आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको नवगठित समितिले जनाएकाे छ । धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु सङ्घको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले सङ्घ गठनको स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नवगठित सङ्घलाई शुभकामना दिए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले सङ्घ गठनको पहलले मधेस क्षेत्रमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरे भने महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले यसले पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिएको उल्लेख गरे ।

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणहरूको विरुद्धमा सङ्घले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राम कुमार सर्राफ र नेपाल प्रेस युनियनका अजय साह लगायतका अतिथिहरूले पनि सङ्घको स्थापनालाई ऐतिहासिक कदम भन्दै पत्रकारहरूबीच एकता र हिन्दु धर्मको रक्षामा योगदान पुग्ने धारणा राखे ।

भेलामा सहभागी पत्रकारहरूले सङ्घले हिन्दु समुदायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि