Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, लालपर्सामा बर्थिङ सेन्टर संचालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८२
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, लालपर्सामा बर्थिङ सेन्टर संचालन

वीरगंज (पर्सा), ६ पुुस । वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका बिरामी तथा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले ती वडाहरूमा रहेका स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्दै आइरहेको छ ।

यसै क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ३० अन्तर्गत लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूका लागि २४ सै घण्टा सेवा प्रदान गर्ने उद्देश्यसहित आइतबारदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । नवनिर्मित बर्थिङ सेन्टरको आइतबार एक कार्यक्रमबीच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेसँगै अब लालपर्सा स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध हुने भएको छ ।

वीरगंज महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु साहका अनुसार, लालपर्सा स्वास्थ्य चौकीकै भवनभित्र आइतबारदेखि निरन्तर सेवा उपलब्ध हुने गरी प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो । यसले स्थानीय गर्भवती महिलाहरूलाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास लिइएको छ ।

बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसमेत गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिए । उनका अनुसार, बर्थिङ सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तालिमप्राप्त दुई जना थप अनमीसहितको जनशक्ति व्यवस्था गरिएको छ भने विगत दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशालासमेत सञ्चालनमा रहेको छ ।

यसअघि महानगरपालिकाले ग्रामीण वडाहरूमा बर्थिङ सेन्टर सञ्चालन गर्ने कार्यलाई तीव्रता दिएको छ । गत शुक्रबार वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो । त्यस्तै, वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनीस्थित स्वास्थ्य चौकीहरूमा पनि यसअघि नै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि