Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भवानीपुरमा नयाँ बर्थिङ सेन्टर सञ्चालन, सुरक्षित मातृत्व सेवामा सहजता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ४, २०८२
भवानीपुरमा नयाँ बर्थिङ सेन्टर सञ्चालन, सुरक्षित मातृत्व सेवामा सहजता

वीरगंज (पर्सा), ४ पुस । वीरगंज महानगरपालिका वडा नं. १८ स्थित भवानीपुरमा आजदेखि बर्थिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ । सुरक्षित मातृत्व सेवा प्रवद्र्धन र स्थानीय महिलालाई सहज, गुणस्तरीय प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको यो केन्द्रको उद्घाटन महानगर प्रमुख राजेशमान सिंहले गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख सिंहले शहरका मात्र नभई ग्रामीण भेगका बासिन्दालाई सुगम र सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । स्वास्थ्य संस्थामै प्रसूती गराउन प्रोत्साहन गर्नु मातृ तथा शिशु मृत्युदर घटाउने सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ थियो ।

‘ग्रामीण क्षेत्रका गर्भवती महिलाले सामान्य प्रसूती सेवाका लागि पनि शहर धाउनुपर्ने बाध्यता हटाउन गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ प्रमुख सिंहले बताए । उनले यस केन्द्रले स्थानीय महिलालाई समयमै र सुरक्षित सेवा प्राप्त गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन पूरा गरी केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले यस सेन्टरबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउने उल्लेख गरे ।

वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टर सञ्चालनमा आउँदा वडामै सामान्य प्रसूती सेवा उपलब्ध हुने भएकाले स्थानीय नागरिकलाई ठूलो सहजता प्राप्त हुने उल्लेख गरे । ‘यसअघि सुत्केरी व्यथा लागेपछि रातबिरात वीरगंज लैजानुपर्ने बाध्यता थियो,’ उनले भने । नवनिर्मित सेन्टरमा प्रि–डेलिभरी कक्ष, पोस्ट–डेलिभरी कक्ष, जाँच कक्ष, ड्रेसिङ रुम, प्रयोगशाला, स्टोर, प्रशासनिक कक्ष तथा छुट्टाछुट्टै शौचालय जस्ता सबै आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ ।

वीरगंज महानगरपालिकाले यसअघि पनि वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ । वडा नं. २८ स्थित बगही स्वास्थ्य केन्द्रमा दुई जना विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा प्रसूती तथा बाह्य रोग (ओपीडी) सेवा सञ्चालन हुने गरी स्तरोन्नति गरिएको छ ।

वीरगंज बजार क्षेत्रमा नारायणी अस्पतालसहित विभिन्न निजी अस्पताल तथा क्लिनिकहरूले पनि विशेषज्ञ चिकित्सकमार्फत प्रसूती सेवा प्रदान गर्दै आएका छन् । महानगरपालिकाले शहर र ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा सन्तुलित रूपमा विस्तार गर्दै स्थानीय महिलाको स्वास्थ्य सुनिश्चित गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि