Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेन-जी आन्दोलनका बेला सुन्धारा कारागारबाट फरार चारजना कैदी विभिन्न स्थानबाट पक्राउ

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको अव्यवस्थाको फाइदा उठाउँदै चारैजना कारागारबाट फरार भएका थिए । दुईजना पुर्पक्षका लागि थुनामा थिए भने दुईजना कैद सजाय भुक्तान गरि रहेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३, २०८२
जेन-जी आन्दोलनका बेला सुन्धारा कारागारबाट फरार चारजना कैदी विभिन्न स्थानबाट पक्राउ
वीरगंज (पर्सा), ३ पुस । गत भदौ २३ र २४ भदौ भएको जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट फरार भएका चारजना कैदीबन्दीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । फरारमध्ये दुई जनालाई बारा जिल्लाबाट र दुई जनालाई काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बाराबाट दुई कैदीबन्दी पक्राउ
प्रहरीका अनुसार बारा जिल्लाको करैयामाई गाउँपालिका–७ पिपरा निवासी २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरीलाई बिहीबार बाराको पिपराबाट पक्राउ गरिएको हो । पक्राउपछि उनीहरूलाई वीरगंज कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुवैजना केन्द्रीय कारागार सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी हुन् । २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको अव्यवस्थाको फाइदा उठाउँदै उनीहरू कारागारबाट फरार भएका थिए ।
काठमाडौंको टोखाबाट थप दुई फरार कैदीबन्दी नियन्त्रणमा
यसैबीच, जेनजी आन्दोलनकै क्रममा सुन्धारा कारागारबाट फरार भएका थप दुईजना कैदीबन्दीलाई प्रहरीले काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–टोखा नगरपालिका वडा नम्बर १ का ४६ वर्षीय श्यामलाल कँडेल र नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भई हाल काठमाडौंको बानियाटार बस्दै आएका ३० वर्षीय विनोद केसी उर्फ विनोद गौतम रहेका छन् ।
प्रहरीका अनुसार श्यामलाल कँडेल मानव बेचबिखन मुद्दामा ३२ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । उनले हालसम्म ९ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए भने अझै २३ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।
त्यस्तै, विनोद गौतम अपहरण तथा शरीर बन्धक, डाँका र संगठित अपराधसम्बन्धी मुद्दामा १३ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । उनले ३ वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् भने अझै १० वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । लुकीछिपी बसिरहेको सूचनाका आधारमा दुवै जनालाई बिहीबार टोखाको टोखाचण्डेश्वरी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
खोजी तथा नियन्त्रण अभियान जारी
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरूको खोजी तथा नियन्त्रण अभियान निरन्तर जारी रहेको छ । फरार सबै कैदीबन्दीलाई कानुनी दायरामा ल्याउने उद्देश्यका साथ सुरक्षा निकायले निगरानी र अपरेसन तीव्र पारेको जनाएको छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि