Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिपी उद्यानबाट हटाइएका व्यवसायीले नयाँ थोक बजार अवरुद्ध गरेको किसानको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २, २०८२
बिपी उद्यानबाट हटाइएका व्यवसायीले नयाँ थोक बजार अवरुद्ध गरेको किसानको आरोप

वीरगंज (पर्सा), २ पुस । वीरगंज महानगरपालिकाले बिपी उद्यानबाट हटाएका तरकारी तथा फलफूल व्यवसायीहरूले महानगर–२ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा अवरोध गरेको किसानहरूले आरोप लगाएका छन् । किसानहरूका अनुसार, हटाइएका व्यवसायीहरू नयाँ बजारमा जान नमानेर त्यहाँ कारोबार गर्न खोज्ने किसान तथा व्यापारीलाई समेत विभिन्न रूपमा रोकटोक गरिरहेका छन् ।

महानगरपालिकाले मंसिर २८ गते आइतबार बिहान एक्साभेटर प्रयोग गरी बिपी उद्यान क्षेत्रमा करिब डेढ दशकदेखि अस्थायी टहरा बनाएर सञ्चालन हुँदै आएका तरकारी तथा फलफूलका थोक तथा खुद्रा पसल हटाएको थियो । तर, उक्त निर्णयपछि विस्थापित भएका केही व्यवसायीहरू महानगरले निर्माण गरेको नयाँ थोक बजार छपकैयामा सर्न अस्वीकार गर्दै आएका छन् ।

किसानहरूको गुनासो अनुसार, बिपी उद्यानमा कारोबार गर्दै आएका केही व्यवसायीहरूले छिमेकी जिल्ला बारा तथा छिमेकी मुलुक भारतबाट वीरगंज आउने तरकारी बोकेका किसान र व्यापारीलाई छपकैयास्थित नयाँ बजारसम्म आउन नदिन दबाब दिइरहेका छन् । हरपुर, विश्रामपुर तथा भारतको सहदेवा महदेवाबाट तरकारी लिएर आउने किसान तथा व्यापारीलाई बिहानैदेखि बाटोमै रोकेर अन्यत्र नलैजान दबाब दिइएको उनीहरूको आरोप छ ।

यस किसिमको अवरोधका कारण पछिल्ला तीन दिनदेखि वीरगंज बजारमा तरकारी ल्याउन नसकेको किसानहरूले बताएका छन् । उनीहरूका अनुसार, महानगरपालिकाले तोकेको स्थानमा तरकारी बिक्री गर्न पाउँदा दीर्घकालीन रूपमा समस्या नहुने विश्वास छ । ‘सुरुमा केही समय समस्या देखिएपनि पछि जहाँ बजार लाग्छ, किसान, व्यापारी र ग्राहक सबै त्यहीँ पुग्छन्,’ एक किसानले बताए ।

किसानहरूका अनुसार, सुरुमा बिपी उद्यानको अवस्था पनि अहिलेको जस्तै थियो । पछि बजार चलायमान भएपछि अहिलेका व्यवसायीहरू त्यहाँबाट अन्यत्र जान नचाहने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

हाल बिपी उद्यान र छपकैयामा निर्माण गरिएको नयाँ बजार दुवै स्थान तीन दिनदेखि प्रायः सुनसान देखिएका छन् । बिपी उद्यानमा थोक बजार हटेपछि खुद्रा खरिदका लागि व्यापारी र ग्राहकको चहलपहल घटेको छ । यद्यपि, खुद्रा व्यवसायीहरूले भने अझैपनि तरकारी, कपडा तथा खाजानास्ताको कारोबार जारी राखेका छन् । कपडा बजारमा केही भीड देखिएपनि तरकारी बजारमा भने ग्राहक न्यून छन् । उता, छपकैयास्थित नयाँ बजारमा पनि थोरै व्यापारीले मात्र सटर लिएर बसेका छन्, तर ग्राहक नआएको उनीहरूको गुनासो छ ।

बिपी उद्यानबाट थोक बजार हटेपछि त्यहाँबाट थोकमा तरकारी खरिद गरी अन्य बजारमा बिक्री गर्ने व्यापारीहरू अहिले जीतपुर र कलैयाबाट तरकारी ल्याउन बाध्य भएका छन् । वीरगंजमा तत्काल व्यवस्थित थोक तरकारी बजार नहुँदा र बिपी उद्यानका व्यवसायीहरू आन्दोलनमा उत्रिएर पर्सा, बारा, मकवानपुर तथा भारतबाट आउने तरकारी रोक्न थालेपछि वीरगंजका विभिन्न बजारका थोक खरिदकर्ताहरू कलैया र जीतपुर धाउन थालेका छन् ।

यसैबिच, बिपी उद्यानबाट हटाइएका थोक तरकारी तथा फलफूल व्यवसायीहरूले पावरहाउस क्षेत्रमा नयाँ थोक बजार सञ्चालन गर्ने तयारी थालेका छन् । महानगरले बिपी उद्यान खाली गराएर छपकैयामा बजार सारिएपछि त्यसको विकल्पका रूपमा सञ्जय कलवारको हिरो होन्डा मोटरसाइकल शोरूम रहेको खाली जग्गामा नयाँ बजार निर्माणको काम सुरु गरिएको छ । उक्त स्थानमा माटो खसालेर अस्थायी रूपमा बजार सञ्चालनको तयारी भइरहेको बताइएको छ ।

छपकैयास्थित बजार अपायक परेको दाबी गर्दै विस्थापित व्यवसायीहरू पावरहाउस क्षेत्रमा बजार सञ्चालन गर्न लागेको बताइन्छ । पावरहाउसमा नयाँ बजार पूर्ण रूपमा स्थापित नहुँदासम्म वीरगंज आउने तरकारी रोक्ने अभियानमा आफूहरू लागेको एक व्यवसायीले बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि