Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिशला रेस्टुराँमा कार्यरत युवती मृत फेला परेको घटनालाई निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २, २०८२
त्रिशला रेस्टुराँमा कार्यरत युवती मृत फेला परेको घटनालाई निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन

वीरगंज (पर्सा), २ पुस । वीरगंज महानगरपालिका–१० स्थित पुरानो बसपार्क पछाडि रहेको त्रिशला रेस्टुराँमा कार्यरत २० वर्षीया युवती मृत फेला परेपछि घटनाले गम्भीर रूप लिएको छ । घटनालाई शंकास्पद भन्दै पीडित परिवार र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै बुधवार वीरगंजमा प्रदर्शन गरेका छन् ।

मंसिर २७ गते शनिवार त्रिशला रेस्टुराँसँगै जोडिएको मारवाडी सेवा संघको धर्मशालाको कोठा नम्बर १०५ मा मृत अवस्थामा फेला परेकी युवती पर्सागढी नगरपालिका–३ झाबराह टोलकी सुनिता स्यान्बो भएको खुलेको छ । उनको मृत्युलाई रहस्यमय भन्दै परिवारका सदस्यहरूले सत्यतथ्य छानबिन र न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।

सुनिताको हत्या भएको दाबी गर्दै परिवारजनले घटनामा संलग्न दोषीहरू पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै, उनी कार्यरत त्रिशला रेस्टुराँले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत उनीहरूले अघि सारेका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा सुनिताका परिवारका सदस्य तथा स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न माग गरेका छन् । त्यसपछि ठूलो संख्यामा र्‍याली निकाल्दै प्रदर्शनकारीहरू जिल्ला प्रहरी कार्यालय पर्सासम्म पुगेका थिए।

यस विषयमा पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सुनिताको मृत्यु आत्महत्या जस्तो देखिएको बताएको छ । तर, घटनाको वास्तविक कारण विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पुष्टि गर्न सकिने पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जानकारी दिए । घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपनि उनीहरूको पहिचान र वर्तमान अवस्थाबारे भने प्रहरीले खुलाएको छैन ।

उता, घटनास्थलमा पुगेका स्थानीयवासी र वडा सदस्यहरूले शव उठाउने क्रममा नियम विपरीत काम गरिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, जनप्रतिनिधि र सम्बन्धित निकाय नपुग्दै शव खाटमा राखिएको थियो, जसले घटनाप्रति थप शंका उत्पन्न गरेको छ ।

त्रिशला रेस्टुराँ स्थानीय युवा अनमोल कुमारले संचालन गरेका छन् । प्रहरीले उनलाई घटनासँग सम्बन्धित शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको जनाएको भएपनि हालसम्म पक्राउ भने गरिएको छैन । घटनाले वीरगंजमा चासो र आक्रोश बढाएको छ भने पीडित परिवारले निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत न्याय पाउने आशा व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि