Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्जा असुलीमा खटिएका बैंकका कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गर्ने दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८२
कर्जा असुलीमा खटिएका बैंकका कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गर्ने दुईजना पक्राउ

बर्दिबास (सप्तरी), १ पुस । ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवास अन्तर्गत कर्जा असुली कार्यमा खटिएका बैंक कर्मचारीमाथि कुटपिट तथा अमानवीय र अपमानजनक व्यवहार गर्ने दुईजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी सप्तकोशी नगरपालिका–७ बस्ने ५२ वर्षीय संजिव कुमार चौधरी तथा अग्नीसाईर कृष्णसवरण गाउँपालिका–१, बस्ने ४७ वर्षीय उमाकान्त चौधरी रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरूविरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कर्जा नतिरेको विषयलाई लिएर बैंकको नियमित प्रक्रिया अनुसार फिल्डमा खटिएका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, शाखा कार्यालय रुपनीबाट कर्जा लिई समयमा भुक्तानी नगरेपछि बैंक कर्जा असुली प्रक्रियामा अघि बढेको अवस्थामा २०८२ साल मंसिर २४ गते अपराह्न करिब ३ बजे सप्तरीको बलार्द चौकमा बैंकका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि विपक्षी समूहले एक्कासी घेराहाली आक्रमण गरेको हो ।

घटनाका क्रममा उनीहरूलाई जबर्जस्ती नियन्त्रणमा लिई सप्तकोशी नगरपालिका–७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि. सञ्चालनमा रहेको स्थानमा लगिएको बताइएको छ । त्यहाँ कर्मचारीहरूलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाइदिने, फोटो तथा भिडियो खिच्ने जस्ता गम्भीर अपमानजनक व्यवहार गर्नुका साथै कुटपिटसमेत गरिएको आरोप जाहेरीमा उल्लेख छ ।

यसै क्रममा कर्मचारी सुनित श्रेष्ठले हातमा लगाएको दश आना सुनको औंठी र सुनको सिक्रीसमेत लुटिएको उल्लेख गरिएको छ । उक्त घटनाले बैंकिङ क्षेत्रका कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

घटनासम्बन्धी २०८२ मंसिर २९ गते साँझ ६ बजे रीतपूर्वक जाहेरी दरखास्त प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान तथा खोजतलासका क्रममा घटनामा संलग्न दुई जनालाई सप्तरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । कर्जा असुली जस्तो कानुनी प्रक्रियामा संलग्न कर्मचारीमाथि गरिएको यस्तो व्यवहारप्रति सर्वत्र निन्दा भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको मागसमेत उठ्न थालेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि