Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचन आउन ८१ दिन बाँकी, उम्मेदवार छनोटमा कांग्रेस अगाडि

प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै: ८१ दिन बाँकी रहँदा उम्मेदवार छनोटमा कांग्रेस अगाडि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २८, २०८२
पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

काठमाडौं,२८ मंसिर । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी रहँदा मुलुक क्रमशः निर्वाचनको माहोलमा प्रवेश गर्न थालेको छ। निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको छ भने सरकारले पनि सहजीकरणका सबै प्रक्रिया अगाडि बढाइसकेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको दल दर्ताको प्रक्रिया आयोगले पूरा गरिसकेको छ।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू पनि आ–आफ्नो तयारीमा सक्रिय देखिएका छन्। प्रमुख राजनीतिक दलदेखि नयाँ दलसम्मले देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधि सुरु गरिसकेका छन्। यससँगै देशभर राजनीतिक सरगर्मी बढ्दै गएको स्पष्ट देखिन्छ।

नेपाली कांग्रेस उम्मेदवार छनोटको प्रक्रियामा अन्य दलभन्दा अगाडि देखिएको छ। कांग्रेसले देशव्यापी रूपमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका उम्मेदवार छनोट गरी केन्द्रमा पठाउने काम सुरु गरिसकेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगै राष्ट्रियसभा सदस्यका उम्मेदवारसमेत छनोट भइरहेको कांग्रेसले जनाएको छ। उम्मेदवार छनोटको गतिलाई हेर्दा कांग्रेस हालसम्म सबैभन्दा सक्रिय देखिएको छ।

यता, नेकपा (एमाले)को ११औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित वातावरणमा निर्वाचन भए एमाले बहुमत ल्याउन सक्षम रहेको दाबी गरेका छन्। “स्वतन्त्र र निष्पक्ष चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ?” भन्दै उनले सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेका थिए। एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै दल दर्तालगायतका आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाएको छ।

यसैबीच, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’ का नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाएको छ। सो पार्टीले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो। यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा सम्पन्न गरिसकेको पार्टीले आगामी पुस ५ गते काठमाडौंमा पनि सन्देशसभा आयोजना गर्ने तयारी गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो पार्टी पूर्ण रूपमा क्रियाशील भइसकेको बताएका छन्।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनको तयारी तीव्र पारेको छ। सो पार्टीले वाचापत्र निर्माणदेखि उम्मेदवार छनोटसम्मको प्रक्रिया अगाडि बढाइसकेको छ। समानुपातिकतर्फ उम्मेदवारका लागि आवेदन खुला गरिएको र भेला तथा सभामार्फत निर्वाचन केन्द्रित गतिविधि सञ्चालन भइरहेको पार्टीले जनाएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया सुरु गरिसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र व्यवस्थाबमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायका लागि प्रतिशत निर्धारण गरिने आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दल सहभागी हुने भएका छन्। निर्वाचन आयोगले शुक्रबार ती दल दर्ता भइसकेको र निर्वाचन चिह्नसमेत प्रदान गरिएको जानकारी दिएको छ। मङ्सिर २१, २२ र २३ गतेको समयावधिभित्र आवेदन दिएका दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका हुन्। यद्यपि, दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्न प्रयोग गर्ने गरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न मात्र कायम गरिएको छ।

प्रत्यक्षतर्फ भने एक सय १४ राजनीतिक दल निर्वाचनमा सहभागी हुँदैछन्। यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको छ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार पनि सक्रिय देखिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिइसकेका छन्। गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न आवश्यक सबै तयारी पूरा गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसकेका छन्।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढ्दै गएको छ भने आयोग र सरकारको तयारीसँगै देशभर निर्वाचनको माहोल थप स्पष्ट हुँदै गएको छ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि