Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एचआईभी संक्रमित: मधेस प्रदेशमा मध्ये पर्सा अग्रस्थानमा, प्रदेशभर ४ हजार ३ सय बढी संक्रमित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १६, २०८२
एचआईभी संक्रमित: मधेस प्रदेशमा मध्ये पर्सा अग्रस्थानमा, प्रदेशभर ४ हजार ३ सय बढी संक्रमित

वीरगंज (पर्सा), १६ मंसिर । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा सबैभन्दा बढी एचआईभी/एड्स संक्रमित भेटिएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, प्रदेशभर हालसम्म कूल ४ हजार ३ सय ३२ जना एचआईभी संक्रमितमध्ये पर्सामा मात्र १ हजार ८ सय ९६ जना फेला परेका छन्, जुन प्रदेशकै सर्वोच्च संख्या हो ।

३८ औँ विश्व एड्स दिवसको अवसरमा सोमबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयले प्रदेशभरका संक्रमितको अद्यावधिक तथ्यांक सार्वजनिक गरेको हो । कार्यक्रममा प्रस्तुत गरिएको विवरणअनुसार मधेसका जिल्लाहरूमा हालै मात्र ४ सय ७४ जना नयाँ एचआईभी संक्रमित पहिचान भएका छन् ।

स्वास्थ्य निर्देशनालयका एचआईभी सम्पर्क व्यक्ति राजवीर यादवका अनुसार, हालसम्म भेटिएका संक्रमितको जिल्लागत विवरण अनुसार पर्सा जिल्लामा १ हजार ८९६ जना, धनुषामा ८२२ जना, सर्लाहीमा ५२० जना, सिरहामा ४२६ जना, रौतहटमा ३९० जना, महोत्तरीमा ३६४ जना, बारामा २३८ जना तथा सप्तरीमा १८१ एचआईभी संक्रमितहरु भेटिएका हुन् ।

यीमध्ये ४७४ जना नयाँ संक्रमित रहेको बताइएको छ । नयाँ संक्रमितमध्ये १६ जना गर्भवती महिलाहरू रहेकी छिन् । त्यस्तै, नयाँ संक्रमितमध्ये उल्लेख्य संख्या वैदेशिक रोजगारबाट फर्किएका पुरुषको रहेको, साथै महिला, तेश्रोलिङ्गी तथा यौनकर्मीसमेत संक्रमितको सूचीमा परेको यादवले बताए ।

उपचार सेवा ११ एआरटी केन्द्रमार्फत
एचआईभी संक्रमित व्यक्तिहरूलाई नेपाल सरकारले दातृ निकायको सहयोगमा मधेस प्रदेशका ११ वटा एआरटी (Anti Retroviral Therapy) केन्द्रहरूमा स्वास्थ्यकर्मीको निगरानीमा औषधी वितरण गरिरहेको जानकारी दिइयो । संक्रमितहरूलाई दीर्घकालीन उपचार तथा परामर्श सेवा नियमित रूपमा प्रदान भइरहेको निर्देशनालयको भनाइ छ ।

बागमती सबैभन्दा बढी, कर्णाली सबैभन्दा कम
राष्ट्रिय स्तरमा हेर्दा सबैभन्दा धेरै एचआईभी संक्रमित बागमती प्रदेशमा ७ हजार १ सय ४ जना फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा कम संक्रमित भने कर्णाली प्रदेशमा ७३१ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अङ्कुर साहलगायत अधिकारी, स्वास्थ्यकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि