Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कटहरिया नगरपालिकामा नक्कली डकुमेन्ट्री प्रकरण : पूर्व अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १६, २०८२
कटहरिया नगरपालिकामा नक्कली डकुमेन्ट्री प्रकरण : पूर्व अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज (पर्सा), १६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा नक्कली जनचेतनामूलक डकुमेन्ट्री निर्माण प्रकरणमा संलग्न ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा जनचेतना अभिवृद्धिका उद्देश्य राखिएको डकुमेन्ट्री निर्माणको नाममा नक्कली काम देखाएर सरकारी रकम हिनामिना गरिएको प्रमाणित भएपछि आयोगले मंगलबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगका अनुसार नगरपालिकाले कुनै वार्षिक कार्यक्रम र बजेट विनानै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’लाई डकुमेन्ट्री निर्माणको जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार डकुमेन्ट्रीमार्फत जनचेतना फैलाउनु पर्ने अवस्थामा भिडियोमा नगरप्रमुखको मात्र प्रशंसा गरिएको पाइएको छ । डकुमेन्ट्री न त प्रसारण नै गरिएको थियो, न त सम्बन्धित नियमानुसार प्रमाणीकरण गरिएको । उल्टो, नक्कली कागजात तयार गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, लेखापाल विवेक कुमार सहनी, सहायक कर्मचारीहरू राम नरेश प्रसाद यादव र उमेश कुमार दास तत्मा, खरिदार कौशल किशोर चौधरी, छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन् ।

आयोगले उनीहरूलाई सरकारी धन हिनामिना गरेको प्रमाणित भएको भन्दै ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो तोकेको छ । सोही रकमबराबरको जरिवाना र कानुनअनुसार कैद सजायसमेतको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ । अख्तियारको यो कदमले स्थानीय तहमा बढ्दो अनियमितता र गैरकानुनी खर्च प्रवाहमाथि कडाइका साथ कारबाही अघि बढाइएको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

जेष्ठ ५, २०८३
चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि