Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १५, २०८२
स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई

वीरगंज (पर्सा), १५ मंसिर । ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस वर्ष यात्रा डेली डटकमका डेस्क सम्पादक आशु कुमार सर्राफलाई प्रदान गरिएको छ । वीरगंजका दिवंगत पत्रकार नरेश सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार आयोजित कार्यक्रममा पत्रकार सर्राफलाई नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो ।

समाजवादी प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकार सर्राफलाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद २१ हजारको चेक हस्तान्तरण गरे । कार्यक्रममा वक्ताहरूले स्वर्गीय नरेश सर्राफको निडर, इमानदार, निष्पक्ष र आँटिलो पत्रकारिताको योगदान स्मरण गर्दै उनलाई नवपुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा वर्णन गरे ।

सिडिओ दाहालले समाजलाई सही दिशामा लैजान ‘स्वच्छ र जिम्मेवार पत्रकारिता’ अत्यन्त जरुरी भएको उल्लेख गर्दै तथ्य पुष्टि नगरी समाचार लेख्दा चरित्रहत्या हुने जोखिम रहने बताए । उनले पत्रकारिताले समाजको पिलरको रूपमा सत्य, तथ्य र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले स्वर्गीय सर्राफ महासङ्घको कार्यसमिति सदस्य समेत रहेको उल्लेख गर्दै पुरस्कारलाई महासङ्घमार्फत निरन्तरता दिनुपर्ने धारणा राखे । महासङ्घका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताप्रति घट्दो जनविश्वास पुनः स्थापित गर्न सबै पत्रकारको साझा दायित्व रहेको बताए ।

मधेस प्रदेशका विभिन्न सञ्चार संगठनका पदाधिकारीहरूले स्वर्गीय सर्राफलाई निष्पक्ष र जनहितकारी पत्रकारिताको आदर्श व्यक्तित्वका रूपमा स्मरण गरे । कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले स्वर्गीय सर्राफको स्मृतिमा स्थापित अक्षय कोष पारदर्शी र पीडित परिवारमै केन्द्रित हुनेगरी परिमार्जन गर्न महासङ्घलाई आग्रह गरे । पुरस्कार ग्रहण गर्दै पत्रकार आशु कुमार सर्राफले आफूलाई योग्य ठहरिएकोमा कृतज्ञता व्यक्त गर्दै पुरस्कारले अझै जिम्मेवार र व्यावसायिक बन्न प्रेरणा दिएको बताए।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता बालगाेपाल थापा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, मधेश प्रदेश सचिव दिपक गाैतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष निरज पिठाकाेटे मगर, स्वर्गिय पत्रकार सर्राफकी छाेरी श्रेया सर्राफ, संचारीका समुह मधेश प्रदेशकी सचिव कविता खड्का, प्रेस चाैतारी पर्साका अध्यक्ष निरिन्जन मिश्रा, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव र विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमकाे संचालन संचारकर्मी सुर्य नारायण विकले गरेका थिए ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका पत्रकार नरेश सर्राफकाे २०७९ मंसिर १५ गते हृदयघातबाट ३८ बर्षकाे उमेरमा अल्पायु मै निधन भएकाे थियाे । उनकै स्मृतिमा संगठनले स्थापना गरेकाे पत्रकारिता पुरस्कार प्रत्येक बर्ष एक जना युवा पत्रकारलाई वितरण गर्दै आएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि