Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

औषधी ऐन संशोधन विरुद्ध मधेसमा औषधी व्यवसायीहरूको चरणबद्ध संघर्ष सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १३, २०८२
औषधी ऐन संशोधन विरुद्ध मधेसमा औषधी व्यवसायीहरूको चरणबद्ध संघर्ष सुरु

वीरगंज (पर्सा), १३ मंसिर । औषधी ऐन, २०३५ को दफा ११ मा गरिएको हालको संशोधनका कारण हजारौँ औषधी व्यवसायीको पेसा संकटमा परेको भन्दै नेपाल औषधी व्यवसायी संघ मधेस प्रदेशले आजदेखि चरणबद्ध संघर्षलाई औपचारिक सुरुवात गरेको छ । सोही क्रममा आज बिहान ११ देखि १२ बजेसम्म औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगंजको मुख्य गेट अगाडि सयौँ व्यवसायी मौन धर्नामा बसे । विरोध प्रदर्शनमा सहभागी व्यवसायीहरूले मुखमा कालो पट्टी बाँधेर र हातमा मागसहितका प्लेकार्ड बोकेर शान्तिपूर्ण तर दृढ सन्देश दिएका थिए ।

संघका पर्सा जिल्ला महासचिव प्रमोद कुमार सर्राफले आजको कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै भने, ‘यो हाम्रो पेसा जोगाउने लडाइँ हो । वीरगंजबाट मात्र होइन, मधेस प्रदेशका सबै जिल्लाबाट व्यवसायीहरूको उल्लेख्य सहभागिता रह्यो । माग पूरा नभएसम्म हामी एक इन्च पनि पछि हट्दैनौँ ।’ संघर्ष कार्यक्रम अनुसार भोलि मंसिर १२ गतेपनि दुई घण्टासम्म मौन धर्ना हुनेछ । मंसिर १३ गते भने देशभरका कार्यस्थलमा कालो झण्डा फहर्याइने र कालो पट्टीसहित सेवा सञ्चालन गरिने छ । त्यसपछि चरणबद्ध रूपमा फार्मेसी बन्द गर्दै सांकेतिक धर्नासमेत आयोजना गर्ने तयारी छ ।

मंसिर १६ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विभाग अगाडि धर्ना बसिने र देशभर दिउँसो २ बजेसम्म फार्मेसी बन्द राखिने कार्यक्रम सार्वजनिक गरिएको छ । महासचिव सर्राफका अनुसार पसल नवीकरणमा लचिलो व्यवस्था मिलाउनुपर्ने, दफा ११ को उपदफा ५ पूर्ण खारेज गर्नुपर्ने, रिजर्भ एन्टिबायोटिक अस्पतालमा मात्र सीमित गर्ने निर्णय फिर्ता लिनुपर्ने, अनलाइनमार्फत औषधी बिक्रीमा पूर्ण रोक लगाउनुपर्ने, ओरिएन्टेसन प्रमाणपत्रका आधारमा थोक बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा भेटेरिनरी तथा आयुर्वेदिक व्यवसायीलाई तत्कालै प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवसायीहरूको प्रमुख मागहरू रहेको बताए ।

‘हाम्रो मागहरू पूर्ण रूपमा जायज छन् । व्यवसायीहरूलाई समस्यामा पारी बनाइएका नियम तत्काल फिर्ता हुनुपर्छ,’ सर्राफले स्पष्ट पारे । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ तथा नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघले पनि आन्दोलनमा पूर्ण समर्थन रहेको जानकारी दिँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशका आठै जिल्लाबाट अझ ठूलो संख्यामा सहभागिता हुनेछ । हाम्रो संघर्ष शान्तिपूर्ण तर अडिग छ ।’ सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्राफले सरकारले छिटो संवाद प्रक्रियामा नआए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि