वीरगंज (पर्सा), १३ मंसिर । पर्साको जिराभवानी गाउँपालिका–२ काठमान्डौटोल निवासी जंगाली मिर्दाहाले एक अतिबिपन्न परिवारलाई न्यानो लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
मिर्दाहाले जगरनाथपुर गाउँपालिका–३ बड्गोटोल निवासी ग्यास मियाँको घरमै पुगेर उनका परिवारका लागि एक बोरा चामल, आलु, खानेतेल, नून, दाल, सोयाबीन, साबुन, सर्फ, कापी, पेन, ब्लाङ्केट, स्वीटरलगायत सामग्री हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मियाँकी श्रीमती रबिना खातुन र तीनजना बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण भएको छ ।
खातुनका बालबालिकाले अध्ययन गर्ने गाउँको प्राथमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले फेसबुकमार्फत न्यानो लुगा सहयोगका लागि आग्रह गरेका थिए । उक्त आग्रह सामाजिक सञ्जालमा देखेपछि हाल साउदी अरबमा रोजगारीमा रहेका मिर्दाहाका छोरा बिकाश चौधरीले आर्थिक सहयोग गरेका हुन् ।
बिकाश चौधरी यसअघि पनि विभिन्न अतिबिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस् !