Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा एमाले पर्सा कार्यालयमा तालाबन्दी : प्रतिनिधि छनोटमा विवादपछि चुनाव स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १३, २०८२
नेकपा एमाले पर्सा कार्यालयमा तालाबन्दी : प्रतिनिधि छनोटमा विवादपछि चुनाव स्थगित

वीरगंज (पर्सा), १३ मंसिर । नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि पर्सामा भइरहेको प्रतिनिधि छनोट प्रक्रियामा गम्भिर विवाद उत्पन्न भएपछि जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । प्रतिनिधि चयनमा भएको भनिएको पक्षपात र धाँधलीविरुद्ध असन्तुष्ट समूहले शनिबार कार्यालयमै धर्ना बसेपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो ।

युवा क्लस्टरअन्तर्गत प्रदीप यादव र सन्तोष पासवानको उम्मेदवारी परेको थियो । तर प्रदीप यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको आरोप लगाउँदै यादव पक्षले तीव्र आपत्ति जनाउँदै तालाबन्दीसहित विरोध प्रदर्शन गरेको जनाएको छ । यसले निर्वाचन कार्य सम्पूर्ण रुपमा प्रभावित भएको असन्तुष्ट समूहको दाबी छ ।

असन्तुष्ट पक्षका नेताहरुले अन्य पार्टीबाट एमाले प्रवेश गर्ने नेताका लागि तोकिएको ७ वर्षे हदम्याद पर्सामा कार्यान्वयन नहुनु ठूलो अन्याय भएको बताएका छन् । दलित तर्फ क्षेत्र नं. १, वीरगंज महानगरपालिका वडा नं. ३२ का सोनालाल हजरा हालै मात्रै अर्को पार्टी छाडेर एमाले प्रवेश गरेका हुन् । उनलाई ७ वर्षे नियम नलाग्ने भन्दै उम्मेदवारी कायम राखिनुपर्ने माग एमाले वीरगंज महानगर लेखा समितिका अध्यक्ष अजय साहले राखेका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि मंसिर १० गतेदेखि निर्वाचन तालिका सञ्चालनमा आएको थियो । सोही तालिका अनुसार शनिबार मतदान हुने तय भएपनि एक दिनअघि नै तालाबन्दी भएपछि निर्वाचन समितिले मतदान प्रक्रिया हाललाई स्थगित गरेको छ ।

आसन्न महाधिवेशनका लागि पर्साका सबै ४ क्षेत्रबाट कुल ३५ जना प्रतिनिधि चयन हुनुपर्नेछ । त्यसका लागि ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर नेताहरु दुई छुट्टाछुट्टै समूहमा विभाजित भएपछि सहमतिमूलक छनोट कठिन बनेको र विवाद चुलिँदै गएको देखिन्छ । पार्टीको आन्तरिक विवाद बढ्दै गएपछि पर्साको प्रतिनिधि चयन प्रक्रिया कहिले पुनः सुरू हुने हो भन्ने अन्यौलता अझै कायम छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि