Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चार महिनामै वीरगंज महानगरको २१ करोड राजस्व संकलन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८२
वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

वीरगंज (पर्सा), ११ मंसिर । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा उल्लेखनीय रूपमा २१ करोड ३ लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि कात्तिकसम्मको अवधिमा विभिन्न २० शीर्षकका कर तथा सेवा शुल्कमार्फत यो राजस्व उठाइएको महानगरले जनाएको छ ।

सबैभन्दा बढी संकलन सम्पत्ति करबाट भएको छ । चार महिनामै महानगरले यस शिर्षकबाट ७ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको छ, जसले सम्पत्ति कर तिर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको संकेत गर्छ । भूमिगत मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० रुपैयाँ, घरवहाल करबाट १ करोड ६० लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै, पूर्वाधार सेवाको उपयोगबापत लगाइने शुल्कबाट २ करोड रुपैयाँ राजस्व प्रवेश भएको छ ।

महानगरले अखेटोपहार (वस्तु तथा उपहार आदिमा लगाइने कर) शिर्षकमा पनि उल्लेखनीय प्रगति गर्दै ५ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । अन्य सेवा शुल्क तथा प्रशासनिक शीर्षकबाट मात्र १ करोड ४९ लाख ८३ हजार रुपैयाँ राजस्व उठाइएको छ ।

राजस्व बढ्दो, तर अझै अपेक्षित गतिमा छैनः मेयर सिंह
महानगरका मेयर राजेशमान सिंहले राजस्व वृद्धि सकारात्मक देखिएपनि अपेक्षाकृत स्तरमा पुग्न अझै चुनौती रहेको बताए । उनका अनुसार महानगरले कर तिर्ने संस्कृतिलाई मजबुत बनाउन निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

‘महानगरको राजस्व अभिवृद्धिका लागि विविध कार्यक्रममार्फत जनचेतना बढाइरहेका छौँ,’ मेयर सिंहले भने, ‘तर यहाँका नागरिकमा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने सोच अझै पर्याप्त रूपमा विकसित हुन नसक्दा राजस्व संकलनमा चुनौती भइरहेको छ ।’ उनका अनुसार कर संकलनमा पारदर्शिता र सेवाको गुणस्तर वृद्धि गर्दै नागरिकलाई कर तिर्न प्रोत्साहित गर्ने गरी कार्यक्रम थप सशक्त बनाइनेछ ।

२० शीर्षकबाट नियमित राजस्व संकलन
वीरगंज महानगरले विभिन्न २० शिर्षकमा कर उठाउँदै आएको छ, जसमा सम्पत्ति कर, घरवहाल कर, पूर्वाधार सेवा शुल्क, मालपोत, व्यवसाय कर, अखेटोपहार, विज्ञापन शुल्कलगायत सेवाहरू समावेश छन् ।

स्थानीय तहको आर्थिक व्यवस्थापन मजबुत बनाउन राजस्व मुख्य आधार भएकाले महानगरले आगामी महिनाहरूमा कर संकलन प्रवर्धनलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ । राजस्व संकलनका तथ्यांकले महानगरमा कर प्रशासन सुदृढ हुँदै गएको संकेत गरेपनि नागरिकस्तरमा करप्रति जिम्मेवारीबोध अझै न्यून देखिएको विश्लेषकहरूको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि