वीरगंज (पर्सा), ११ मंसिर । नेशनल मेडिकल कलेज वीरगंज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको मूल्यांकनपछि सम्मानित भएको छ। बिहीबार सिंहदरबारमा आयोजित ८औं सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै कलेजलाई सम्मानित गरे।
आठ जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूबीच प्रतिस्पर्धामा नेशनल मेडिकल कलेजलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक मनोनयन गरिएको नेशनल मेडिकल कलेज वीरगंजका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सुरक्षा कोषद्वारा कलेजलाई यो सम्मान लगातार दोस्रो पटक प्रदान गरिएको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि मधेस प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत कलेज सम्मानित भएको थियो ।








प्रतिक्रिया दिनुहोस् !