Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ, घुस नदिए महिनौँसम्म काम अड्किने गरेको सेवाग्राहीको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १०, २०८२
ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ, घुस नदिए महिनौँसम्म काम अड्किने गरेको सेवाग्राहीको आरोप
वीरगंज (पर्सा), १० मंसिर । पर्साको ठोरी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । ठोरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नंं. ४ घ्याङ्गडाँडास्थित खेलमैदानमा आयोजित कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर थिङको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ रहेका थिए । सार्वजनिक सुनुवाइको क्रममा स्थानीयहरूले विशेषगरी इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रदान हुने नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचयपत्र लगायतका सेवामा देखिने समस्याहरूबारे आफ्नो दुःखेसो प्रस्तुत गरेका थिए ।
सहभागीहरूले कार्यालयका केही कर्मचारी तथा बाह्य दलालहरूको संलिप्ततामा साधारण सेवाका लागि हजारौँ रुपैयाँ असुल्ने, घुस नदिए काम महिनौँसम्म अड्किने, सेवा प्राप्त गर्न अनावश्यक दौडधुप गर्नुपर्ने लगायतका गुनासा खुलेर राखेका थिए । सेवाग्राहीहरूका अनुसार, घुस रकम नदिनेहरूको काम नहुनु र दिनेलाई छिटो सुविधा मिल्नु जस्तो व्यवहार संस्थागत समस्या बनेको उनीहरूको आरोप थियो ।
सवाल–जवाफ शत्रमा आफ्नो धारणा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा कुनै प्रकारको घुसखोरी वा अनियमित गतिविधि नभएको दाबी गरे । उनले आफूलाई हालसम्म यस्तो गुनासा औपचारिक रूपमा नआएको स्पष्ट पार्दै, यस्ता अवैधानिक क्रियाकलाप भेटिए कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरूले प्रशासनिक सेवा चुस्त दुरुस्त बनाउन यस्ता सुनुवाइको निरन्तरता आवश्यक रहेको धारणा राखे ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि