वीरगंज (पर्सा), ९ मंसिर । वीरगंज महानगरपालिका–३०, लालपर्सामा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च प्रदान गरेको छ । लोककल्याणकारी अभियान अन्तर्गत विद्यालयमा देखिएको पूर्वाधार अभावलाई ध्यानमा राख्दै पार्टीका अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा सामग्री हस्तान्तरण गरिएको हो ।शिक्षा समाज रूपान्तरणको आधार : अध्यक्ष सर्राफ
डेस्क–बेन्च हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सर्राफले शिक्षालाई समाज रूपान्तरणको मूल आधारका रूपमा व्याख्या गर्दै विद्यालयको वातावरण सुधारका लागि समुदाय, स्थानीय सरकार र राजनीतिक दल सबैले साझा जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
उनले भने, ‘मधेस प्रदेशको शैक्षिक सूचकांक अन्य प्रदेशको तुलनामा कमजोर देखिनु गम्भिर विषय हो । यस्तो अवस्थामा सबै निकाय एकताबद्ध भएर विद्यालयलाई सबल बनाउन सहयोग गर्नु अत्यावश्यक छ ।’
विद्यार्थीको सिकाइमा पूर्वाधारको प्रत्यक्ष प्रभाव
आधारभूत शैक्षिक पूर्वाधार अभावले विद्यार्थीको सिकाइ तथा सिकाइको गुणस्तरमा प्रत्यक्ष असर पर्ने भएकाले जनमत पार्टी पर्साले आफूले सक्दो सहयोग गर्दै आएको सर्राफले बताए । ‘हामीले गरेको सहयोग सानो भएपनि विद्यालय सुधारमा टेवा पुग्ने विश्वास छ,’ उनले जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा, प्रधानाध्यापक हेम आचार्य लगायत स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस् !