Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी–तस्करबीच भिडन्त : गोली हानाहान, ट्याक्टरसहित तस्करी माल भारततर्फ लगियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०८२
प्रहरी–तस्करबीच भिडन्त : गोली हानाहान, ट्याक्टरसहित तस्करी माल भारततर्फ लगियो

कलैया (बारा), ८ मंसिर । भारतसँग जोडिएको सीमावर्ती क्षेत्र बाराको चिकनी स्थित आइतबार राति तस्करी रोक्न गएको प्रहरी टोली र तस्कर समूहबीच भिडन्त भएको छ । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउन लागिएको सामान नियन्त्रणमा लिन खोज्दा दुवैतर्फबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितले जानकारी दिए ।

डिएसपी पण्डितका अनुसार भारततर्फबाट ट्याक्टरमा लोड गरिएको तस्करीको सामग्री नेपालतर्फ भित्र्याउँदै गरिएको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । चिकनी गाउँस्थित पचरौत नगरपालिका–१ को सीमाक्षेत्रमा ट्याक्टरलाई रोक्दै नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले प्रहरीमाथि नै आक्रमण गर्दै गोली चलाउन थालेको उनले बताए । तस्कर पक्षले दुई राउण्ड गोली प्रहार गरेपछि जीव रक्षा तथा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी पक्षले प्रतिकार स्वरूप ६ राउण्ड गोली फायर गर्नुपरेको बताइएको छ ।

प्रहरीले घटना स्थल नजिकै रहेको इँटाभट्टा छेउबाट ट्याक्टरमा लोड गरिएको भन्सार छलीको सामग्री नियन्त्रणमा लिएको भएपनि तस्कर समूहले गोली प्रहार गर्दै प्रहरीलाई पछाडि धकेली ट्याक्टरसहित सामान भारततर्फको बिन्धवासिनी गाउँतर्फ लैजान सफल भएको प्रवक्ता पण्डितले बताए । घटनाका समयमा प्रहरीको संख्या कम भएकाले तस्करलाई तत्काल काबु गर्न कठिनाइ परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले चारवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल, दुईवटा मोबाइल फोन र एक भारतीय आधार कार्ड बरामद गरेको छ । ती प्रमाणहरूले तस्कर समूह भारततर्फ भागेको पुष्टि गरेपनि उनीहरूबाट गोली हानाहानको क्रममा के कति क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा लोड गरिएको सामग्री भने पहिचान हुन बाँकी रहेको बताइएको छ । प्रहरीमाथि गोली प्रहार गर्ने तस्कर समूहको पहिचान तथा पक्राउका लागि विस्तृत अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि