Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नगवामा निःशुल्क आँखा शिविर, १८ जनामा मोतियाबिन्द फेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८२
नगवामा निःशुल्क आँखा शिविर, १८ जनामा मोतियाबिन्द फेला
वीरगंज (पर्सा), ६ मंसिर । ज्येष्ठ नागरिक संघ, पर्सा–वीरगंज शाखा वडा नं.–१६, नगवाले शनिबार आयोजना गरेको निःशुल्क आँखा जाँच शिविर भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा गरिएको शिविरमा ११५ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
शिविरको प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर विजय सरावगी रहेका थिए । कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक संघ वडा–१६ नगवाका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाले गरेका हुन् । सचिव सुरेन्द्र कानुद्वारा संचालन भएको कार्यक्रममा विशिष्ट अतिथि नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतोसहित स्थानीय गणमान्य व्यक्ति, सामाजिक अभियन्ता र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
माट्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा जाँच गरिएका ११५ मध्ये १८ जनामा मोतियाबिन्दको समस्या देखिएको आयोजकले जनाएको छ । तीमध्ये ९ पुरुष र ९ महिला रहेका छन् । पहिचान गरिएका सबै बिरामीको शल्यक्रिया निःशुल्क गराइने फाउन्डेसनले प्रतिवद्धता जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले आँखा मानव जीवनको अत्यन्त सम्वेदनशील तथा अनिवार्य अंग भएकाले समयमै उपचार पाउन नसक्दा धेरैले अनावश्यक दुःख भोग्नुपर्ने स्थिति रहेको बताए । समुदाय–केन्द्रित स्वास्थ्य सेवामा यस्तो प्रकारका शिविरहरूले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकसँगै सबै वर्गलाई लक्षित स्वास्थ्य सेवा कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।
शिविरमा ज्येष्ठ नागरिक संघका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता, स्थानीयवासी र सरोकारवालाको सक्रिय उपस्थिति रहेको थियो । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तरता दिने योजना छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

सीमावर्ती बासीहरुलाई खेप्नुपरेको समस्या समाधानको लागि सांसद शाक्यको अग्रसरता

जेष्ठ ११, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन विरुद्ध सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापन

जेष्ठ ११, २०८३
प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

प्रहरीले समयमा मिसिल पेश नगरेपछि दुर्गा प्रसाईंको मुद्दामा सुनुवाई हुन सकेन

जेष्ठ ११, २०८३
ब्राउन सुगरसहित एकजना युवक पक्राउ

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

जेष्ठ ११, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि